सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपाका दुबै अध्यक्षबाट पेश भएका राजनीतिक प्रतिवेदन माथि नेताहरुका टीकाटिप्पणी सुरु


  •    न्युजभित्तो/१५ मंसिर २०७७, सोमबार १०:२२ 
  • काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै अध्यक्षबाट पेश भएका राजनीतिक प्रतिवेदन माथि नेताहरुका टीकाटिप्पणी सुरु भएका छन् ।

    छुट्टाछुट्टै प्रतिवेदनमा एकअर्कालाई विग्रहको आरोप लगाएपछि दुबै खेमामा एकअर्कालाई गलाउने रणनीति सुरु भएको छ ।

    नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच लिखित रुपमै राजनीतिक प्रस्तावका नाममा चलेका आरोप–प्रत्यारोपले अध्यक्षद्वयका कार्यशैलीलाई पार्टीपङ्क्तिमै उजागर गरेको छ ।

    पार्टी विधानअनुसार अध्यक्षद्वयको सहमतिमा प्रस्तावहरु पेश गर्नुपर्ने प्रावधान भए पनि दाहालबाट आएको एकतर्फी ‘आरोपत्र’ले पार्टीलाई विग्रहमा पु¥याएको भन्दै ओलीपक्षले उक्त प्रस्ताव फिर्ता नलिए एकता नै समाप्त हुने चेतावनी दिएको छ ।

    दाहालले आफ्नो प्रस्तावलाई राजनीतिक प्रतिवेदनका रुपमा तल्ला कमिटीसम्मै ‘सर्कुलेट’ गरेकोमा त्यसको भत्र्सना गर्दै जवाफीपत्रमा ओलीले भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्किनुको विकल्प नभएको बताउनु भएको छ ।

    दाहालको प्रस्तावले एकताको सहमति नै भँग गरेको बताउँदै प्रधानमन्त्रीमाथि लगाइएका लाञ्छना र आरोप फिर्ता लिनुको विकल्प नभएको ओली पक्षको अडान छ ।

    त्यसो त प्रतिवेदन एक अर्काप्रति अरोप प्रत्यारोपको पुलिन्दाका रुपमा देखा परेको छ ।

    प्रचण्डको प्रस्तावलाई काउन्टर दिँदै ओलीले पार्टीको अन्तरिम विधान, अन्तरपार्टी निर्देशनलाई प्रचण्डले उल्लङ्घन गरिएको आरोप लगाउनु भएको छ ।

    यसअघि प्रचण्ड पक्षले ओलीद्वारा पार्टीको विधान, पद्धति, पूर्वसहमति उल्लङ्घन गर्दै आएको आरोप लगाएको थियो ।

    अध्यक्षद्वयका प्रस्तावपत्रले पार्टी र सरकार सञ्चालनको सैद्धान्तिक प्रश्नभन्दा व्यक्तिगत आरोपप्रत्यारोपमै केन्द्रीत भएकाले दुबै प्रतिवेदनलाई छलफलको विषय बनाइए पनि कमिटीबाटै साझा प्रस्तावको पक्षमा दाहाल–नेपाल पक्ष देखिएको छ ।

    ओलीले दाहालको प्रस्तावमाथि जवाफी प्रस्ताव पेस गरेपछि दुबै प्रस्तावबारे आउँदो सचिवालय बैठकमा छलफल हुने भएको छ  ।

    बैठकपछि दुवै दस्ताबेजलाई कसरी अघि बढाइन्छ, त्यसैमा नेकपाको भविष्य निर्धारण हुनेछ  ।

    तर दुवै अध्यक्षका दस्ताबेजलाई मिलाएर दुवै सच्चिने गरी पार्टी एकतालाई जोगाइराख्नु पर्ने अधिकांश नेताहरूको दबाब छ  ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.