कांग्रेस र नेकपा समेत मिलेर जानु पर्ने समयमा पार्टी बिभाजन हुनु हुँदैन : मन्त्री भट्टराई
न्युजभित्तो/१४ मंसिर २०७७, आईतवार १८:३५
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पार्टी बिभाजन नहुने बताउनु भएको छ । भरतपुर विमानस्थलमा आज आईतबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले काङ्ग्रेस र नेकपा सहितका दलहरु समेत मिलेर जानु पर्ने समयमा पार्टी बिभाजन हुन नहुने बताउनुभयो ।
पार्टी भित्र सबैको सम्मानजनक सहभागिताबाट पार्टी बिभाजन रोकिने भन्दै उहाँले आफुहरुले पार्टीलाई मिलाएर लैजानका लागि नेतृत्वलाई आग्रह गरिरहेको बताउनुभयो ।
फरक प्रसंगमा उहाँले पर्यटन क्षेत्रको विकासका लागि पनर्उत्थानका कार्यक्रमहरु ल्याउने बताउनु भयो । उहाँले पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले सन् २०२१ लाई आन्तरिक पर्यटनमा केन्द्रित कार्यक्रमहरु ल्याउने बताउनुभयो ।
कोरोनाका कारण नेपालमा मात्रै नभएर विश्वभरको पर्यटन व्यवसायमा प्रभाव परेको बताउँदै मन्त्री भट्टराईले भन्नुभयो “अहिले नेपालको मात्र नभएर विश्वभरिनै कोरोनाका कारण पर्यटन क्षेत्रमा असर गरेको छ । यसलाई उकास्नका लागि सरकारले आन्तरिक तथा बाह्य उडान खोल्न सुरु गरेको छ ।”
अहिले ४० प्रतिशत आन्तरिक उडान सुरु भईसकेको उहाँको भनाई थियो । सन् २०२१ मा आन्तरिक पर्यटन प्रबद्र्धनका लागि काम भईरहेको उहाँले जानकारी दिनुभयो । “यस क्षेत्रको विकासका लागि सरकारले प्याकेज घोषणा गरेको छ” उहाँले भन्नुभयो । प्याकेजका लागि राष्ट्र बैंकले मापदण्ड बनाउने काम गरिरहेको बताउँदै उहाँले भन्नुभयो “राष्ट्र बैंकले बनाएको मापदण्ड अनुसार पर्यटन व्यवसायीले पुनर्कर्जा लिन सक्नेछन् ।”