सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

७३ वर्षमा नागरिकता पाईन् देवघाटकी माया गुरुङले


  •    न्युजभित्तो/१४ मंसिर २०७७, आईतवार १६:५९ 
  • देवघाट (तनहुँ), १४ मंसिर। देवघाट गाउँपालिका वडा नं. ३ नाल्बुङकी एकल महिला माया गुरुङले पहिलो पटक नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शनिबार वृद्धाको घरमै पुगी गुरुङलाई नगारिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

    परिवारमा कोही पनि सदस्य नभएको कारण एक्लै बस्दै आएकी उनले अहिलेसम्म नागरिकता नपाएको बारेमा जानकारी पाएपछि आवश्यक कागजात जुटाएर नागरिकताको लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । नागरिकता पाइन्छ भन्ने बारेमा आफूलाई केही थाहा नभएको वृद्धाले बताएको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

    नागरिकता नहुँदा ७३ वर्ष भइसक्दा समेत वृद्धाले अहिलेसम्म सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिकको भत्ता समेत प्राप्त गरेकी थिइनन् । अब उनले पाउने ज्येष्ठ नागरिक भत्ताको लागि प्रक्रिया सुरु गर्न अध्यक्ष थापाले वडा सचिवलाई निर्देशन समेत दिएका छन् । नागरिकताको प्रमाणपत्रसँगै अध्यक्ष थापा र प्रजिअ आचार्यले उनलाई करिब ४्५ महिनाको लागि पुग्ने खाद्यान्न सामग्री सहित आवश्यक भाँडा र न्यानो कपडाहरु समेत उपलब्ध गराएका छन् । उक्त सामाग्रीहरु वाटर एड नामक संस्थाले उपलब्ध गराएको अध्यक्ष थापाले जानकारी दिए ।

    २०७२ सालको भूकम्पले घर क्षति भए पनि उनी गाउँलेहरुले बनाइ दिएको टिन र स्याउलाले बारेको छाप्रोमा बस्दै आएकी थिइन् । नागरिकताको प्रमाणपत्र प्राप्त पछि वृद्धालाई भूकम्प पीडितको लागि बनाइने निजी आवास निर्माणको लागि शनिबार नै सम्झौता समेत गराइदिएको र जतिसक्दो चाँडो घर निर्माण सम्पन्न गर्ने ठेकेदारको समेत व्यवस्थापन गरिएको प्रजिअ आचार्यले बताए । सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटा, मनकामना सशस्त्र प्रहरी गण भानुका गणपति सञ्जय भट्टराई, सांसद कृष्णकुमार श्रेष्ठका स्वकीय सचिव जगत खड्का, समाजसेवी लेखनाथ पौडेललगायतको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.