सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा नेता नेपालले भने : दुई अध्यक्ष मिलेर मात्रै समस्या समाधान हुँदैन


  •    न्युजभित्तो/१४ मंसिर २०७७, आईतवार १६:४५ 
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्ष मिलेपछि भइगयो भन्ने बुझाइकै कारण पार्टीभित्र समस्या बढ्दै गएको बताएका छन् । उनले अहिलेको समस्यालाई दुई अध्यक्षबीचको मात्रै भनेर नबुझ्न समेत आग्रह गरेका छन् ।

    शनिबारको सचिवालय बैठकमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मिल्नुपर्ने भनी महासचिव विष्णुप्रसाद पौडेलले राखेको प्रस्तावको जवाफमा नेता नेपालले भने ‘एकता जोगाउनेबारे कार्यकर्तामा चिन्ता छ, तर समस्या हल गर्न दुई अध्यक्ष मिलेर मात्रै हुँदैन ।’

    यसअघि पनि दुई अध्यक्ष बीच सहमति गरेर एकता प्रक्रिया अगाडि बढाउने गरिएको थियो । त्यसलाई नेता नेपालले ‘चोचोमोचो’को संज्ञा दिँदै आएका छन् । शनिबार पनि नेपालले अहिले देखिएको समस्या दुई अध्यक्षको मात्रै नभएर पार्टीकै भएको बताएका थिए । ‘पार्टी कमिटीले निर्णय गरेर समस्या हल हुन्छ, कुनै व्यक्तिहरु मिलेर मात्रै हुँदैन’, नेपालको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

    विगतमा माइन्युट च्यात्नेसम्मको काम बैठकमै भएको सम्झाउँदै नेपालले भनेका थिए, ‘बैठकले निर्णय गर्ने भएपछि नेतृत्वले माफी माग्छु भन्दा समेत माफी नदिएर कारबाही गरिएको थिएन ? पार्टी त फुटेको थिएन ।’ अहिले पनि अमूक व्यक्तिको कारण पार्टी नफुट्ने उनको भनाइ थियो ।

    प्रधानमन्त्रीकै कारण पार्टीमा संकट आएको नेता नेपालले बताएका थिए । ‘बैठक बस्नु पर्‍यो भन्दा अध्यक्ष ओली ले पदलोलुपको आरोप लगाएर पत्र लेख्न मिल्थ्यो बैठक बोलाएको भए कुरै सकिन्थ्यो’, नेपालले भनेका थिए । अब पार्टी कमिटीले गर्ने निर्णय दुई अध्यक्षले मान्नुको विकल्प नभएको उनको भनाइ छ ।

    नेता नेपालले पार्टीभित्र आफूले नोट अफ डिसेन्ट लेखेको र बहुमतले निर्णय लिएको बिर्सन नमिल्ने बताएका थिए । ‘मैले असहमति जनाएर नोट अफ डिसेन्ट लेख्दा तपाईंहरुले बहुमतको आधारमा निर्णय लिएको होइन आज बहुमतले निर्णय गर्न किन नहुने ?’ उनको भनाइ थियो ।

    गएको साउनमा पनि ओली र प्रचण्ड बीच अनौपचारिक सहमति जुटेपछि नै कार्यदल मार्फत् सहमतिको १५ बुँदे प्रस्ताव तयार पारिएको थियो । जसलाई भदौ २६ मा बसेको स्थायी कमिटी बैठकले निर्णय गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.