सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानव सेवा आश्रम चितवनद्वारा पाँच सय ८२ सहयोगापेक्षीको उद्धार


  •    न्युजभित्तो/१४ मंसिर २०७७, आईतवार १५:१४ 
  • चितवन । मानव सेवा आश्रम शाखा कार्यालय भरतपुरले हालसम्ममा ५८२ जना सहयोगापेक्षीको उद्धार गरेको छ । विसं २०७२ देखि हालसम्म विभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेका मानिसहरुको उद्धार गरिएको हो ।

    सहयोगापेक्षी सडक आश्रित मानवमुक्त शहर बनाउने उद्देश्यका साथ स्थापना गरिएको संस्थाले सो अवधिमा १६७ जनालाई परिवारसँग पुनर्मिलन गराएको जनाएको छ । संस्थाले आज आयोजना गरेको आव २०७६÷०७७ को प्रगति प्रतिवेदन, लेखा परीक्षण र सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा आश्रममा रहेका २१७ जनाले स्वेच्छिक आश्रम छाडेको, ६६ जना स्थानान्तरण गरिएको र ५५ जना आश्रित रहेका जनाएको छ ।

    आश्रममा बसोबास गरेको समयमा ८० जनाको मृत्यु भएको आश्रमका संयोजक निता केसीले जानकारी दिनुभयो । केसीका अनुसार विसं २०७६ कात्तिक ९ गते भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडकमानवमुक्त महानगर घोषणापश्चात् २४५ जनाको उद्धार गरिएको छ । जसमध्ये ७७ जनालाई परिवारसँग पुनर्मिलन गराइएको, ७९ जनाले स्वेच्छिक आश्रम छाडेको, १५ जनालाई स्थानान्तरण गरिएको र १०८ जना आश्रित रहेका छन् । सो समयमा ल्याइएकामध्ये १८ जनाको मृत्यु भएको केसीले जानकारी दिनुभयो ।

    आश्रमको सक्रियतामा दाताबाट भरतपुर महानगरपालिका वडा नं ३ बेलचोकमा प्राप्त जग्गामा सहयोगापेक्षी पुरुषका लागि नारायण भवन निर्माणको काम भइरहेको छ । जसका लागि रु ५० लाख वाग्मती प्रदेश सरकारबाट विनियोजन भएको र महिला राख्नका लागि लक्ष्मी भवन निर्माणका लागि महानगरसँग बजेटको माग गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।

    आश्रमले विभिन्न निकायबाट प्राप्त गरेको सहयोग र खर्चको विवरणसमेत सो अवसरमा सार्वजनिक गरेको छ । खर्च विवरण सार्वजनिक गर्दै आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले आव २०७६÷०७७ मा रु ८६ लाख ९१ हजार ७५० विभिन्न निकायबाट प्राप्त भएकामध्ये रु सात लाख ७७ हजार ५९८ मौज्दात रहेको जानकारी दिनुभयो ।

    आश्रमकी अभिभावक प्रेमप्रभा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ, समाजसेवी प्रेम श्रेष्ठलगायतले बोल्नु भएको थियो । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.