सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झापा, मोरङ र सुनसरीमा भएको दुर्घटनामा चार जनाको मृत्यु


  •    न्युजभित्तो/१४ मंसिर २०७७, आईतवार १२:४९ 
  • विराटनगर । झापा, मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

    आइतबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । को २१ प ५९९१ मोटरसाइकललाई समान दिशामा गइरहेको प्रदेश १–०१–००१ ख ३४१० नम्बरको बसले सलकपुर चोकमा आइतबार बिहान ८ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैंचा–७ का ४० वर्षीय बिजेस लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते लिम्बुको विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो

    यसैगरी सुन्दरहरैँचा नगरपालिका–९ चाँदनी पेट्रोलपम्प अगाडि शनिबार राति साढे नौ बजेतिर स्कुटर र ट्याक्टर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । को ३८ प १६६५ नम्बरको स्कुटर र को २ त ३१९६ नम्बरको ट्याक्टर आपसमा ठोक्किँदा स्कुटर चालक सुन्दरहरैंचा–९ का ४२ वर्षीय मकेश्वर चौधरीको मृत्यु भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको न्युरो अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर चालक फरार छन् ।

    यसैगरी शुक्रबार उर्लाबारी नगरपालिका–८ स्थित इटहरा–उर्लाबारी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ४ प ९२८५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा मोटरसाइकल चालक उर्लाबारी–८ का ३० वर्षीय उपेन्द्र दनुवार गम्भीर घाइते छन् ।

    यसैगरी झापाको अर्जुनधारा–५ स्थित भित्री सडक खण्डमा शनिबार साँझ मोटरसाइकल र जेसीबी ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १ –०१–०१२ प ७१५४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को १ ख १५८७ नम्बरको जेसीबी ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा–३ का ३५ वर्षीय दीपककुमार बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनापछि जेसीबी चालक अर्जुनधारा–९ का ४२ वर्षीय सुदीप खनाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.