सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गुल्मीको इस्मा गाउँपालिकामा आज सार्वजनिक विदा


  •    न्युजभित्तो/१४ मंसिर २०७७, आईतवार १२:३६ 
  • गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । शुक्रवार गाउँपालिकाको वडा नम्बर–४ को हुल भन्ने स्थानमा भएको जीप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको शोकमा आज सार्बजनिक बिदा दिइएको हो ।

    गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालयहरु र शैक्षिक संस्थाहरुमा बिदा दिन निर्देशन दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत नारायण महतले जानकारी दिए । कक्षा १२ को परीक्षा भने यथावत रुपमा सञ्चालन गर्न भनिएको छ

    इस्मा गाउँपालिकाबाट जिल्ला सदरमुकाम तम्घास जाँदै गरेको लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका–४ को हुल भन्ने स्थानमा दुर्घटना हुँदा ६ जनाको मृत्यु् भएको थियो । दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी, मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा र १९ वर्षका फर्सुराम थापाको मृत्यु भएको थियो ।

    दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल छन् । गाउँपालिकाले दुर्घटनामा घाइतेहरुको स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.