सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वी नवलपरासीका एक कोरोना सङ्क्रमितको चितवनमा मृत्यु


  •    न्युजभित्तो/१४ मंसिर २०७७, आईतवार ११:४९ 
  • नवलपरासी। पूर्वी नवलपरासीमा पहिलोपटक एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ निवासी सङ्क्रमित पुरुषकाे उपचारको क्रममा शनिबार राति चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।

    एक साताअघि उच्च ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई रजहरस्थित प्राकृतिक चिकित्सालयमा भर्ना गरिएकोमा त्यहाँ निको नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो । चितवन मेडिकल कलेजमा पीसीआर परीक्षणको क्रममा पोजिटिभ देखिएपछि उनको आइसियुमा राखेर उपचार भएको थियो । उनको शनिबार राति निधन भएको हो । कोरोना परीक्षणमा शनिबार मात्रै उनको रिपोर्ट पोजिटिभ आएको थियो ।

    पूर्वी नवलपरासीमा कोरोना सङ्क्रमितको मृत्यु भएको यो पहिलो घटना हो । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले मृतकका शव व्यवस्थापन परिवारको सदस्यसँग सल्लाह गरेर जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा चितवनमा आज गरिने तयारी भइरहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.