पत्रकारलाई निवृत्तिभरण दिन हेटौंडा उपमहानगरपालिकाको सहयोग
न्युजभित्तो/१२ मंसिर २०७७, शुक्रबार १७:३६
हेटौंडा । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले जेष्ठ पत्रकार मासिक पेन्सन कार्यक्रम लागू गर्ने तयारी गरेको छ । सो कार्यक्रम देशभरीका महासङ्घका शाखामध्ये सबैभन्दा पहिलो हुने जिकिर गरिएको छ ।
शाखामा सदस्य रहेका जेष्ठ पत्रकारका लागि मासिक रुपमा पेन्सन दिनका लागि जेष्ठ पत्रकार पेन्सन कार्यक्रम लागू गर्ने तयारी गरिएको छ । सोका लागि शाखाले कार्यविधी तयार गर्ने काम अन्तिम चरणमा पु¥याएको हो । उमेरको निर्धारण र मासिक कति रकम दिने भन्ने तय हुन बाँकी रहेको महासङ्घका अध्यक्ष हरि हुमागाँईले जानकारी दिनुभयो ।
यस्तै शाखा सञ्चालन गर्न लागेको जेष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिकाकाले सहयोग स्वरुप रु दश लाख उपलब्ध गराएको छ । आज एक कार्यक्रमका बीच उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले पत्रकार महासङ्घका अध्यक्ष हुमागाँईलाई उक्त चेक हस्तान्तरण गर्नुभयो ।
पत्रकारको पेन्सन कार्यक्रमका लागि यो पहिलो सहयोग गरिए पनि यसलाई थप गरिने महानगरपालिकका प्रमुख महतले बताउनुभयो । पत्रकारले जिवनभर उमेर छउन्जेल काम गर्ने, आम नागरिकलाइ परेका हरेक समस्या उजागर गर्दै आए पनि पत्रकारले बुढेसकालमा दैनिक छाक टार्न, परिवार चलाउन समस्या हुनेलगायतका समस्या हुने भएकाले जेष्ठ पत्रकारलाई पेन्सनको कार्यक्रम ल्याउन लागिएको अध्यक्ष हुमागाँईले बताउनुभयो । रासस