सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बर्दिबास हत्या प्रकरण : पोस्टमार्टम गरेको चार दिनसम्म पनि परिवारले बुझेन शव


  •    न्युजभित्तो/१२ मंसिर २०७७, शुक्रबार १६:०२ 
  • जनकपुरधाम।बर्दिबासमा बलत्कार तथा हत्या गरिएकी ६ वर्षीया बालिका गुलाब्सा खातुनको शव अहिलेसम्म परिवारले बुझेको छैन ।

    बालिकाको शवको मंगलबार नै पोस्टमार्टम भएको प्रादेशिक अस्पतालले जनाएको छ । परिवारजनले शव नबुझ्दा अहिले बालिकाको शव शवगृहमै छ।

    गएको आइतबार साँझ बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी छारी गुलाब्साको शव सोमबार मध्यराति बस्ती नजिकै बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो।

    घटनापश्चात सोमबार साँझ पक्राउ परेका स्थानीय २५ वर्षीय युवक अरुण साहले बालिकाको बलात्कार गरी हत्या गरेको र शव बोरामा राखेर फलेको बताएका थिए ।

    मंगलबार दिउँसो दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयले बालिकाको शवसहित बर्दिबासमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेको बेला प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरी शव नियन्त्रणमा लिएको थियो । सोही दिन बालिकाको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको र त्यसै दिन पोस्टमार्टम भएको थियो ।

    यता मृतक बालिकाका बुबा सहिद आलमले दोषीलाई कडा कारबाही नभएसम्म शव नबुझ्ने बताएका छन् ।
    बुधबार साँझ स्थानीय प्रशासन र सर्वपक्षीय वार्ता समितिबीच चार बुँदे सहमति भएको थियो । तर, उक्त सहमतिप्रति चित्त नबुझेको भन्दै स्थानीयले प्रदर्शनलाई निरन्तरता दिएका छन्। शुक्रबार दिउँसो पनि राजमार्ग बन्द गर्दै प्रदर्शन गर्ने स्थानीय बासिन्दाको तयारी छ ।

    गोली लागेर काठमाडौंको ग्राण्डी अस्पतालमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएका संजय न्यौपानको शव पोस्टमार्टम गरी बिहीबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गृह मन्त्रालयले बर्दिबास घटना छानविन गर्न तीन सदस्य छानविन टोली बिहीबार गठन गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.