गुल्मी । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ को हुल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको इस्मा प्रहरी चौकीले जनाएको छ । गम्भीर घाइते दुई जनामध्ये इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।
शुक्रबार बिहान इस्माबाट तम्घास आउँदै गरेको जीप दुर्घटनामा परेको हो । जीपमा चालकसहित ९ जना थिए । दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।