सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थप एक हजार ६१४ जनामा कोरोना संक्रमण


  •    न्युजभित्तो/११ मंसिर २०७७, बिहीबार २०:०६ 
  • काठमाण्डौं । देशभर पछिल्लो २४ घण्टामा एक हजार ६१४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ४९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ६४० महिला र ९७४ पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । परीक्षणअनुसार सङ्क्रमितको दर १३ दशमलब ४ रहेको बताइएको छ ।

    योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख २७ हजार ६४० पुगेको छ । पछिल्लो समय एक हजार ४२७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ९ हजार ४३५ पुगेको छ । निको हुने दर ९२ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । देशभर १६ हजार ७९३ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये १० हजार ५७५ होम आइसोलेशनमा छन् । संस्थागत आइसोलेशनमा रहेकामध्ये ३३३ जनाको सघन उपचार कक्ष र ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    देशभर ६८० जना क्वारेन्टिनमा छन् । हालसम्म १७ लाखको पिसिआर परीक्षण भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४१२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

    काठमाडौँ उपत्यकामा ७८५ नयाँ सङ्क्रमित

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा ६३७ महिला र ४४८ पुरुष छन् । त्यसमध्ये काठमाडौँमा सात हजार ६४४, ललितपुरमा एक हजार ४९४ र भक्तपुरमा ५८९ जना सक्रिय सङ्क्रमित छन् । हाल मनाङ, डोल्पा र मुगुमा शून्य सङक्रमित छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.