सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनाकी केटी मृत फेला


  •    न्युजभित्तो/११ मंसिर २०७७, बिहीबार १९:३९ 
  • चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनाकी केटी (गैंडाको पोथी बच्चा) मृत फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं. १३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनको स्वर्गद्वारी घाटको पुछारमा अन्दाजी पाँच महिनाको केटी आज बिहीबार मृत्य फेला परेको हो ।

    निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो केटीलाई भाले गैंडाले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । उक्त केटीको भर्खर पलाउन लागेको खाग (ब्रम्ह खाग) तथा खुर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा योसँगै निकुञ्जमा १५ गैंडा मरेका छन् । ती मध्ये चार वटा गैंडा तस्करले मारेका हुन् भने ११ वटा प्राकृतिक कारणले मरेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.