सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पिकअप त्रिशुलीमा खस्यो : बाबु घाईते, चालकसहित आमा-छोरी बेपत्ता


  •    न्युजभित्तो/११ मंसिर २०७७, बिहीबार ०८:३७ 
  • चितवन  । बिरामी बोकेर प्युठानबाट काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा एक जना घाईते भएका छन् भने पिकअपसहित तीन जना बेपत्ता भएका छन् । ईच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट पिकअप त्रिशुलीमा खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाका अनुसार लु १ च ९७३१ नम्बरको गाडी आज बिहीबार बिहान ५ः३० बजेको समयमा सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको हो ।

    पिकअपमा सवार चार जना मध्ये एक जना घाईते भएका छन् भने अन्य तीन जना नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा प्युठान घर भएका ३८ वर्षिय मुकुन्द बहादुर रोक्का रहेका छन् । वेपत्ता हुनेमा प्युठानको झिम्रुक गाउँपालीका वडा नम्बर १ का चालक २३ वर्षिय सूर्य केसी, मुकुन्दकी श्रीमती ३३ वर्षिया जमुना रोक्का र बिरामी छोरी १५ वर्षिया जिनिसा रोक्का रहेका छन् । घाईते मुकुन्द पानीमा पौडिएर बाहिर आएको थिए ।

    घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भईरहेको प्रहरीले जनाएको छ । त्रिशुलीमा खसेको पिकअप पानीले डुवेर नदेखिने अबस्थामा रहेको जनाईएको छ । बेपत्ताहरुका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी रहेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.