सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

“एकादशीमा देवघाट नआउनुहोस्”


  •    न्युजभित्तो/११ मंसिर २०७७, बिहीबार ०७:०७ 
  • देवघाट । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा हरिबोधनी एकादशी लगायतका पर्वका अवसरमा नुहाउन नआउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले कोभिड १९ (कोरोना भाईरस) को संक्रमणको जोखिम यथावत रहेकोले स्वास्थ्यलाई ख्याल गर्दै नआउ आग्रह गरेको हो ।

    समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले एक विज्ञप्ति प्रकाशित गरी हरिबोधनी एकादशी, बालाचतुर्दशी लगायतका मेला पर्वहरुमा नआउन आग्रह गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ “विभिन्न धार्मिक, सांस्कृतिक महत्वका मेलापर्वहरुमा देवघाटधाममा श्रद्धालुहरुको ठूलो जमघट हुने परम्परा रही आएको भए पनि कोरोना भाईरस संक्रमणको जोखिम यथावत नै रहेको र मेला पर्व, उत्सव गरी भिडभाड नगर्ने सरकारको नीति कायमै छ ।” परिस्थितिबस गरिएको अनुरोधलाई सबैले मनन गरी घरमा नै बसी परम्परा अनुसार मनाउन समेत विज्ञप्तिमा अनुरोध गरिएको छ ।

    देवघाटधाममा अधिकांश बृद्धबृद्धाहरु बसोबास गर्ने गर्दछन् । चिसो मौसममा बृद्धबृद्धामा संक्रमण फैलिएमा कठिन अवस्था आउन सक्ने बताईन्छ । देवघाटधाममा विभिन्न धार्मिक पर्वहरुमा स्नान, दान र पूजा गर्न ठूलो संख्यामा भक्तजनहरु आउने गर्दछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.