सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन निकुञ्जको खुल्ला खोरमा जन्मियो अर्नाको पाँचौं बच्चा


  •    न्युजभित्तो/१० मंसिर २०७७, बुधबार २०:०४ 
  • चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा अर्नाले बच्चा जन्माएको छ । स्थानान्तरण गरी ल्याईएका अर्नाले बच्चा जन्माएको हो । निकुञ्जका सूचनाअधिकारी लोकेन्द्र अधिकारीका अनुसार गत सोमबार जन्मिएको भएपनि अझै लिंग पहिचान भने गर्न सकिएको छैन । खुल्ला खोरको झाडीमा रहेकाले पहिचान गर्न कठिन भएको उहाँले बताउनुभयो ।

    निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पदमपुरको खुल्ला खोरमा राखेर संरक्षण गरिएका अर्नाले बच्चा जन्माएपछि प्रजाति विस्तारमा अर्कोे सफलता मिलेको छ । सरकारको विसं ०७१ को निर्णयअनुसार विसं ०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तत्कालीन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो । कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो ।

    ती मध्ये विभिन्न कारणले ६ वटा अर्ना मरेका छन् । नौ वटा माउ मध्ये सात पोथी र दुई भाले रहेको अधिकारीले जानकारी दिनुभयो । यहाँ स्थानान्तरणपछि यो सहित पाँच वटा बच्चा जन्मिएका छन् । गत वर्ष जन्मिएका मध्ये तीन भाले (पाडो) र एक पोथी (पाडी) छन् ।

    खोर बढाएर यहाँ २० देखि ३० अर्ना पु¥याउने योजना निकुञ्जको छ । झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जंगलमा छाड्ने योजना निकुञ्ज विभागको छ ।

    उक्त निकुञ्जमा सन् १९६० देखिनै अर्ना रहेकामा पछि लोप भएको भनाइ छ । निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन । अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.