सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मदन भण्डारी फाउण्डेशनले भन्यो : भ्रमहरुबाट विचलित नहुनुहोस्


  •    न्युजभित्तो/१० मंसिर २०७७, बुधबार १७:३४ 
  • चितवन । मदन भण्डारी फाउण्डेशन चितवनले अतिरञ्जनपूर्ण आक्षेप र भ्रमहरुबाट विचलित नहुन आव्हान गरेको छ । फाउण्डेशनले आज (बुधबार) एक विज्ञप्ति प्रकाशित गरी संस्थामाथि लगाईएका समाजमा कलुषित भावना फैलाउने अतिरञ्जनपूर्ण आक्षेप र भ्रमहरुबाट विचलित नहुन आग्रह गरेको हो ।

    जिल्ला अध्यक्ष डा.तिलचन्द्र भट्टराई र सचिव श्याम बिष्टद्वारा जारी विज्ञप्तिमा कानुन प्रदत्त अधिकार प्रयोग गर्दै संस्थाको लक्ष्य अनुरुप बौद्धिक विमर्श र सामाजिक रुपान्तरणका क्रियाकलापहरूलाई निरन्तर अघि बढाउन समेत सम्पूर्ण सदस्यहरुलाई आव्हान गरिएको छ । विज्ञप्तिमा भनिएको छ “फाउण्डेशन अन्तराष्ट्रिय प्रसिद्धिको शिखरमा पुग्नु भएका तत्कालिन नेकपा एमालेका महासचिव जननेता स्वर्गीय मदन भण्डारीको नाममा स्थापना भएको विशुद्ध सामाजिक संस्था हो ।” विज्ञप्तिमान अगाडि भनिएको छ “यस संस्थाले एकातर्फ मदनले प्रतिपादन गर्नु भएको नवीन विचार ‘जनताको बहुदलीय जनवाद’ को दार्शनिक, सैद्धान्तिक, र वैचारिक अवधारणाहरुमाथि बहस, छलफल, अनुसन्धान र प्रसार गर्ने कार्य गर्दछ भने अर्को तर्फ समाजका विकृति विसंगती, सामाजिक, सांस्कृतिक विभेद र कुरितिका बिरुद्ध विभिन्न अभियानहरू सञ्चालन गर्ने र आर्थिक सामाजिक रुपान्तरणकोलागि विकास निर्माणको परियोजनाहरू समेत सञ्चालन गर्दै आएको छ ।”

    फाउण्डेशनले विकास निर्माणका काममा समेत सहजीकरण गरेको उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ “मदन भण्डारीको जीप दुघर्टना भएको स्थल दासढुंगामा गुरु योजना सहित मदन भण्डारी पार्क, स्मारक, मदन भण्डारी अध्ययन प्रतिष्ठान निर्माण गर्ने र शव प्राप्त भएको स्थान गाजिपुरमा तटबन्ध सहित स्मारक र स्तम्भ निर्माण गर्ने लगायतका विभिन्न कार्ययोजना सहित स्थानीय, प्रदेश र संघीय सरकारहरूसँग आवश्यक पहल र श्रोत व्यवस्थापन गर्दै निरन्तर कार्य अगाडि बढ्दै गरेको समेत सहर्ष जानकारी गराउँदछौ ।”

    संस्थाको यस्ता रचनात्मक र बौद्धिक क्रियाकलापहरुबाट आकर्षित भई हाल विभिन्न तह र तप्काका हजारौं जनसमुदायहरु संस्थामा आवद्ध हुनु भएको विज्ञप्तिमा उल्लेख छ । संस्था आफ्ना लक्ष्य प्राप्तिका लागि निरन्तर अघि बढीरहेको उल्लेख गर्दै संस्थाप्रति आक्षेप र लान्छना लगाई विगत केही समयदेखि भइरहेको भ्रमपूर्ण प्रचार र दोषारोपणप्रति यस संस्थाको गम्भीर ध्यान आकर्षण भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “संस्थामाथि लगाईएका यस्ता लान्छनाहरु खारेज गर्दै भ्रामक प्रचारप्रति खेद व्यक्त गर्दछौं ।”

    नेपालको संविधान र कानुन बमोजिम निर्बाधरुपमा संस्थाले आफ्नो गतिविधिहरु सञ्चालन गर्न पाउने व्यवस्था बमोजिम नै कार्य सञ्चालन गरिरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ “देशको संविधान र कानुनप्रदत्त अधिकार प्रयोगलाई नै कुण्ठित गर्ने गरी ‘संस्थाको गतिविधिलाई रोक्नु पर्ने’ भन्ने जस्ता असंवैधानिक अभिव्यक्तिहरु सुन्दा हामी आश्चर्य चकित भएका छौं ।” स्वयं मदन भण्डारी संविधानवाद र अभिव्यक्ति स्वतन्त्रताकोलागि आजीवन लड्नु भएको उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ “यो फाउण्डेसन यस्ता आक्षेपहरुमाथि विश्वास गर्दैन ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.