सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका पहाडी क्षेत्रमा पचास बिघामा लगाईको गाँजा नष्ट


  •    न्युजभित्तो/१० मंसिर २०७७, बुधबार ०७:५५ 
  • चितवन । प्रहरीले जिल्लाका पहाडी क्षेत्रमा करिब ५० विगाहा क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको छ । राप्ती नगरपालिकाको वडा नं. ११, १२ र १३ का विभिन्न ठाउँमा लगाईएको गाँजा नष्ट गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मसिंर ६ गतेदेखि ८ गतेसम्म ७१ जना सुरक्षाकर्मी परिचालन गरी नष्ट गरिएको हो । सो क्रममा ३६ लाख गाँजाका विरुवा नष्ट गरिएको जनाईएको छ । राप्ती नगरपालिका वडा नं. ११ को डिटार, गाल्चन भन्ज्याङ्ग, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्किडाँडा, वडा नं. १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं. १३ को कालिटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोला लगायतका स्थानमा लगाईएको गाँजा नष्ट गरिएको छ । फाडानी कार्यमा दुई जना प्रहरी निरीक्षक सहित ५० जना नेपाल प्रहरी र एक जना प्रहरी निरीक्षक सहित २१ सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो ।

    सो क्रममा गाँजाले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असर, कानुनी कारवाही लगायतका विषयमा स्थानीयसँग अन्तक्र्रिया गरिएको प्रहरीले जनाएको छ । जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायले अवैध रुपमा गाँजा खेती गर्ने गर्दछन् । गाँजा तस्करहरुले उक्त ठाउँमा आई ठूलो आर्थिक प्रलोभनमा पारेर गाँजा खेती गर्न प्रोत्साहित गर्ने गर्दछन् । चितवन र धादिङको पहाडी क्षेत्रमा लगाईएको गाँजा खेती कालो बजारमा महंगो मूल्यमा बिक्री हुने बताईन्छ । गाँजाको ओसार पसारमा समेत तस्करहरुले चेपाङ समुदायका मानिसहरुको प्रयोग तस्करहरुले गर्ने गर्दछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.