सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पछिल्लो २४ घण्टामा थप एक हजार ७९० जनामा कोरोना पुष्टि


  •    न्युजभित्तो/९ मंसिर २०७७, मंगलवार १९:११ 
  • काठमाण्डौं । देशभर आज मंगलबार थप एक हजार ७९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा एक हजार ६९ पुरुष र ७२१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख २४ हजार ७८ पुगेको छ । थप १० हजार ८४३ को पिसिआर परीक्षण गरिएको थियो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख चार हजार ५८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७९१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ८५९ सक्रिय सङ्क्रमित छन् ।

    काठमाडौँ उपत्यकामा ९४७ सङ्क्रमित थपिए

    काठमाडौँ उत्यकामा थप ९४७ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख चार हजार ६८२ पुगेको छ । आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ६९२, ललितपुरका १९० तथा भक्तपुरका ६५ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

    हालसम्म काठमाडौँमा ८४ हजार ५१७, ललितपुरमा १२ हजार ५७७ तथा भक्तपुरका सात हजार ५८८ सङ्क्रमित भएका छन् । तीमध्ये काठमाडौँमा ७६ हजार ४४२, ललितपुरमा १० हजार ८९७ तथा भक्तपुरमा छ हजार ८९३ सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौँमा ३३१, ललितपुरमा ९१ तथा भक्तपुरमा ८७ जनाको कोरोनाबाट ज्यान गएको छ ।

    कोरोनाबाट थप २४ जनाको मृत्यु

    नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ३६१ पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.