कोरोना संक्रमित मन्त्री दावादोर्जे लामालाई उपचारका लागि काठमाण्डौं लगियो
न्युजभित्तो/९ मंसिर २०७७, मंगलवार ११:२१
काठमाण्डौं । वाग्मती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । कोरोना भाइरस संक्रमणका कारण आफ्नै क्वार्टरमा आइसोलेसनमा रहनु भएका मन्त्री लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो ।
हेटौंडामा डाक्टरहरुले थप उपचार काठमाडौं गएर गर्न सुझाव दिएपछि सोही अनुसार गरिएको उहाँका स्वकीय सचिव सुरज थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री लामामा निरन्तर खोकी बढेका कारण समस्या देखिएको छ । शरीरमा अक्सिजनको मात्र पर्याप्त नभएको कारण थप उपचार काठमाडौंमै गर्नुपर्ने डाक्टरहरुको समेत सल्लाह दिएको थपलियाले बताउनुभयो ।
मंसिर ५ गते गरेको स्वाब परीक्षणमा मन्त्री लामालाई कोरोना संक्रमण देखिएको थियो । नेपाली सेनाको हेलिकप्टरमार्फत् मंगलबार बिहान १०ः३० बजे उहाँलाई काठमाडौं लगिएको हो । उहाँको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा उपचार गरिनेछ ।