चितवनको हर्दीमा बुलेटको ठक्करले मोटरसाईकलमा सवार दुईको मृत्यु
न्युजभित्तो/८ मंसिर २०७७, सोमबार २०:१०
चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका वडा नं. ६ हर्दी स्थित राजमार्गमा आज सोमबार साँझ ग्याँस बुलेटको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाईकललाई ठक्कर दिंदा स्थानीय दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३० को नवराज दनै र सोही ठाउँका २२ वर्षिय सचिन दनै रहेको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीय र प्रहरीबीच पटक पटक झडप भईरहेको जनाईएको छ । प्रहरीले बाटो खुलाउने प्रयास भईरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्य थापाका अनुसार साँझ ६ः३० बजेको समयमा पूर्वबाट नारायगढतर्फ आउँदै गरेको एन एल ०१ एल२४६० नम्बरको ग्यास बुलेटले प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाईकललाई ग्याँस बुलेटरले ठक्कर दिएको थियो । ग्यास बुलेटलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उपचारको लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।