सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्ती घटनाप्रति नेकपा चितवनको ध्यानाकर्षण


  •    न्युजभित्तो/७ मंसिर २०७७, आईतवार १०:४४ 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले आज आईतबार एक विज्ञप्ति जारी गरी घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

    जारी विज्ञप्तिमा पार्टीका स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डे उपस्थित कार्यक्रममा होहल्ला भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । पार्टी जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ र सचिव कृष्णभक्त पोखरेलले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा राप्ती नगर कमिटीको तेस्रो बैठकमा पाण्डेले सम्बोधन गरिरहेको अवस्थामा कमिटीमा नै नरहेका बाहिरबाट आएका व्यक्तिहरुले होहल्ला गरी बैठक बिथोल्न खोजेको जनाईएको छ ।

    विज्ञप्तिमा भनिएको छ “पार्टी नगर कमिटीको औपचारिक बैठक बसिरहेको अवस्थामा र राप्ती नगरभित्रको विकास निर्माणसम्बन्धी छलफल रहेको अवस्थामा गरिएको अभद्र व्यवहारप्रति जिल्ला कमिटी खेद व्यक्त गर्दछ ।” घटनामा संलग्न व्यक्तिहरुलाई छानविन गरी पार्टी विधानबमोजिम कारवाही गरिने जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.