सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुरेन्द्र पाण्डेको आफ्नै निर्वाचन क्षेत्रमा भएको कार्यक्रमा कार्यकर्ताद्वारा होहल्ला र नाराबाजी


  •    न्युजभित्तो/६ मंसिर २०७७, शनिबार १७:१३ 
  • चितवन । जिल्लाको राप्ती नगरपालिकामा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथिको रहेको कार्यक्रममा गुटको राजनीति गरेको भन्दै नेकपाका कार्यकर्ताहरुले होहल्ला र नाराबाजी गरेका छन् । नेकपा राप्ती नगरकमिटीले शनिबार वीरेन्द्रनगरमा गरेको कार्यक्रममा सुरेन्द्र पाण्डेले पार्टीमा देखिएको विवाद समाधानमा पार्टीबाट गठित कार्यदलको भूमिका बारेमा बोलिरहँदा होहल्ला र नाराबाजी भएको हो ।

    राप्ती नगरकमिटीका नगरइन्चार्ज मानबहादुर स्याङ्बोले भन्नुभयो “सुरेन्द्र पाण्डेले पार्टी कार्यदलले मदन भण्डारी फाउण्डेसनको गतिविधि अहिलेलाई स्थगित गर्नुपर्छ भनेर सिफारिस गरेको भन्ने जानकारी गराउनासाथ होहल्ला भयो । कार्यक्रम सञ्चालन गर्न सकिएन र स्थगित गर्नुपर्ने बाध्यता पर्‍यो ।”

    त्यसैगरी राष्ट्रिय युवा संघ नेपाल निर्वाचन कमिटीका सदस्य केदार आचार्यले प्रधानमन्त्रीका विरुद्ध निरन्तर बोल्न थालेपछि होहल्ला गरेर बोल्न नदिएको बताउनुभयो । उहाँले भन्नुभयो “मदन भण्डारी फाउण्डेसनलाई गुटबन्दी गरेको आरोप लगाउँदै विरोध गर्न थालेपछि ४५ जना युवाहरुले उहाँलाई बोल्न नदिएको हो । हामीले बोल्न नदिएपछि प्रहरीले सुरक्षा दिएर लग्यो ।” उहाँले पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिडेमा चितवनमा उहाँलाई कुनै पनि कार्यक्रममा बोल्न नदिने चेतावनी पनि युवाहरुले दिएको आचार्यले बताउनुभयो ।

    शनिबार दिउँसो नेकपा जिल्ला पार्टी कार्यालय भरतपुरमा आयोजित कार्यक्रमा पाण्डेले पार्टीले कुनै पनि फाउण्डेशनका नाममा गतिविधि नगर्न निर्देशन गर्दैगर्दै गतिविधि भएको बताउनुभयो । उहाँले पार्टी विभाजन भएमा प्रधानमन्त्री केपी ओलीलाई सबैभन्दा बढी चोट लाग्ने ईंगित गर्दै भन्नुभयो “पार्टी विभाजन भयो भने सबैभन्दा अग्लो ठाउँमा रहेको व्यक्तिलाई सबैभन्दा ठूलो चोट लाग्छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.