सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ज्ञानेश्वर सामुदायिक वनमा वनभोजस्थल खुला


  •    न्युजभित्तो/६ मंसिर २०७७, शनिबार ११:५२ 
  • चितवन । जिल्लाको धेरै वनभोज हुने ज्ञानेश्वर सामुदायिक वनमा वनभोजका लागि खुला गरिएको छ । गत चैतदेखि बन्द गरिएको स्थल आजदेखि खुला गर्न लागिएको हो । उपभोक्ता समितिको शुक्रबार सम्पन्न बैठकले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै कार्यक्रम आयोजना गर्न दिने निर्णय गरेको छ । समितिका अध्यक्ष राजन अधिकारीका अनुसार यस मौसममा गत वर्षहरुमा एकै दिन ९२ वटासम्म वनभोज कार्यक्रम हुने गरेका थिए ।

    नारायणी तटमा रहेको उक्त स्थानमा कार्यक्रम गर्नका लागि १२ टहरा छन् । खानेपानी, विद्युत्, शौचालयलगायत वनभोजलाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार रहेको उहाँले जानकारी दिनुभयो । नदी, वन र वन्यजन्तुको मनोरम दृश्यसँगै रमाउँदै वनभोज गर्न यहाँ टाढाटाढाबाट मानिस आउने गर्दछन् ।

    सामुदायिक वनमा खुला चिडियाखानासमेत छ । जहाँ वन्यजन्तु नजिकबाट अवलोकन गर्न पाइन्छ । सोही ठाउँमा एउटा पार्क रहेको छ भने नजिकै शहीद स्मृति पार्क पनि निर्माण भइरहेको छ । सो वन क्षेत्रमा दुर्लभ बाघ, एकसिङ्गे गैँडा, चित्रि, मयूर, बँदेललगायत वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न पाइन्छ । चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु नारायणी किनार हुँदै यहाँ आउ जाउ गर्दछन् । उक्त ठाउँमा चितवनलगायत नवलपरासी, धादिङ, गोरखा र मकवानपुरबाट वनभोजका लागि मानिस आउने गरेको अधिकारीले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.