सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ९४५ मा सङ्क्रमण


  •    न्युजभित्तो/५ मंसिर २०७७, शुक्रबार १८:४१ 
  • काठमाण्डौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९४५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा पछिल्लो समय १० हजार ३४० जनाको स्वास्थ्य परीक्षण गर्दा ७४० महिला र एक हजार २०५ पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । पछिल्लो समय थप पाँच हजार ३६४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या पनि एक लाख ९९ हजार दुई पुगेको छ । निको हुने दर ८८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर २४ हजार ६६५ सक्रिय सङ्क्रमित छन् । यो कूल सङ्क्रमितको ११।४ प्रतिशत हो । देशभर ७५३ जना क्वारेन्टिनमा र १९ हजार १४ होम आइसोलेशनमा छन् । सङ्क्रमितमध्ये ४०३ जनाको सघन उपचार कक्ष र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    थप २२ को मृत्यु

    हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २९८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

    काठमाडौँ उपत्यकामा एक हजार १०७ थपिए

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार १०७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा ४८४ महिला र ६२३ पुरुष रहेका छन् । मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्ममा काठमाडौँमा एक हजार ६८१, ललितपुरमा दुई हजार २२८ र भक्तपुरमा ७८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्ममा काठमाडौँ उपत्यकाकै सबैभन्दा बढी काठमाडौँमा ३१६, भक्तपुरमा ८३ र ललितपुरमा ८९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशका १२ जिल्लामा ५०० भन्दाबढी सङ्क्रमित उपचाररत छन् भने एक मात्र जिल्ला मनाङ सङ्क्रमणमुक्त रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.