सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ४४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि


  •    न्युजभित्तो/३ मंसिर २०७७, बुधबार १८:३१ 
  • काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ४४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । छ हजार ७३१ नमूना परीक्षण गर्दा ९०८ पुरुष र ५३४ महिलामा गरी कूल एक हजार ४४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार ९१७ पुगेको छ । २४ घण्टामा तीन हजार ५३८ जना कोरोनामुक्त भएका छन् । हालसम्म एक लाख ८२ हजार ७८० जना उपचारपछि निको भएर घर फर्किएका छन् । जुन कूल सङ्क्रमितको ८५.८ प्रतिशत हो । अठ्ठाइस हजार ८७८ सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये २६ हजार ४२१ जना होम आइसोलेसनमा छन् भने ३२६ जनाको आइसियु र ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपालञ्चोक, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मनाङमा सक्रिय सङ्क्रमित छैनन् । बितेको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार २५९ पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.