सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नर्सले बिरामीलाई टीका लगाइदिँदा ……


  •    न्युजभित्तो/१ मंसिर २०७७, सोमबार २२:०८ 
  • चितवन । बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउन सम्भव नै भएन । सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको श्यया मै टोलाएर बस्नु बाहेक अर्को विकल्प हुँदैन ।

    चितवन मेडिकल कलेज भरतपुरमा आज सोमबार फरक दृश्य देखियो । अस्पतालमा भर्ना भएका बिरामीलाई त्यहाँ कार्यरत नर्स एकाएक दिदी बहिनी बनेर भाइटीका लगाइ दिए । पर्व सम्झदै बसेका बिरामीमा एकाएक खुशीको सञ्चार भयो । बिरामीहरु आफ्नो पीडालाई बिर्सिएर रमाउन थाले ।

    नर्सहरुले श्ययामा सुतिरहेका बिरामीहरुलाई भाइटीका लगाएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिनुभयो । अस्पतालमा उपचाररत् १५७ जना बिरामीलाई भाइटीका लगाइएको हो ।

    अस्पतालकी नर्सिङ अधिकृत अंकिता कुँवरले पुरुष बिरामीहरुलाई उहाँहरुकै श्ययामा पुगेर भाइटीका लगाएर दीर्घायुको कामना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले पनि आफ्नो दाजुभाइलाई टीका लगाउन पाएनौं, उहाँहरुले लगाउन पाउनु भएको थिएन । जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ रमाऔं भनेर टीका लगाइदियौं ।”

    नर्सिङ अधिकृत अर्चना सेढाईको भनाई पनि उस्तै छ । पर्वको दिन बिरामीसँगै खुशी साट्न पाउँदा आफूहरु र बिरामी दुवै हर्षित भएको उहाँले बताउनुभयो । बरिष्ठ स्टाफ नर्स समिना मिया, नर्स सुस्मा गुरुङ पनि अस्पतालमा बिरामीलाई दाजुभाइ सम्झेर टीका लगाउन पाउँदा सेवासँगै ममता पनि बढेको जानकारी दिनुभयो ।

    भरतपुर महानगरपालिका १० का ४३ वर्षीय मधुकर लामा पर्व सम्झेर बसिरहेको समयमा एक्कासी भाइटीका लगाउन पाउँदा आधा बिमार निको भएको जस्तो अनुभव भएको जानकारी दिनुभयो । उहाँ मात्रै होइन भरतपुर २८ का श्रीकृष्ण पोखरेल, भीमसेन गाउँपालिका गोरखाका रिदम मरहट्टा, हेटौंडा कमानेका रमेश देउजा पनि अस्पतालमा भाइटीका लगाउन पाइन्छ भन्ने कल्पनासम्म नगरेको जानकारी दिनुहुन्छ । अस्पतालले दिएको मायाले धेरै खुशी लागेको उहाँहरुको भनाई छ ।

    प्रमुख प्रशासकीय अधिकृत देवकोटा बिरामीलाई सेवासँग ममता पनि चाहिन्छ भन्ने भावनाले पर्वको अवसरमा टीका लगाउने व्यवस्था गरिएको बताउनुहुन्छ । सो अवसरमा बिरामीलाई नर्सहरुले टीका लगाउनुको भाइमसला, फलफूल तथा मीठाइ वितरण गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.