सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भाइटीकाको उत्तम साइत मंसिर १ गते बिहान ११ः३७ बजे


  •    न्युजभित्तो/३० कार्तिक २०७७, आईतवार ०८:४० 
  • काठमाडौँ । यस वर्ष भाइटीकाको उत्तम साइत मंसिर १ गते सोमबार बिहान ११ बजेर ३७ मिनेटमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।समितिका अनुसार कात्तिक शुल्क पक्ष द्वितीया सोमबार बिहान ९ बजेर १२ मिनेटबाट सुरु भई २ गते मंगलबार बिहान ७ बजेर ८ मिनेटसम्म रहेको छ तर मध्याह्नकालमा भाइटीका लगाउनुपर्ने धर्मशास्त्रको नियम भएकाले १ गते नै साइत राखिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार शनिबार चतुर्दशी र औंसी एकै दिन परेको छ । शुक्रबार मध्यरातदेखि शनिबार दिउँसो १ बजेर ४९ मिनेटसम्म चतुर्दशी तिथि रहेको र आइतबार बिहान ११ बजेर २७ मिनेटसम्म औंसी देखिएको ढुंगेलले बताउनुभयो । चतुर्दशी तिथिमा पर्ने कर्म बिहान गर्ने चलन रहेकाले प्रायले कुकुर तिहार शनिबार बिहान मनाएका छन् । लक्ष्मीपूजा बेलुका गर्ने चलन रहेकाले शनिबार बेलुका लक्ष्मीको पूजा गरिएको छ ।

    प्रतिपदा भने आइतबार बिहान ११ बजेर २७ मिनेटबाट सोमबार बिहान ९ बजेर १२ मिनेटसम्म देखिएको छ । गोवद्र्धन पूजा भने १२ बजेभित्र सम्पन्न गर्नसके उचित हुने र प्रतिपदाको साँझ नेवार समुदायले ‘म्हःपूजा’ गर्न सक्ने उहाँले बताउनुभयो । म्हः पूजाको साइत आइतबार बेलुका ७ बजेर ८ मिनेटदेखि ९ बजेर २२ मिनेटसम्म रहेको पाटनका विभिन्न जातीय समाज र गोल्डेन टेम्पलका पुरोहितहरूले निकालेका छन् । प्रायः नेवार समुदायले भाइटीका बेलुका गर्ने भएकाले आइतबार बेलुका ७ बजेर ५ मिनेटदेखि ९ बजेर १८ मिनेटसम्म साइत परेको पाटनका ताम्राकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्राकारले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.