सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थप दुई हजार १११ जनामा कोरोना पुष्टि


  •    न्युजभित्तो/२८ कार्तिक २०७७, शुक्रबार १८:१३ 
  • काठमाण्डौं । थप दुई हजार १०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ६ हजार ३५३ पुगेको छ । थप ९ हजार ५३३ जनाको पिसिआर परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ६८ हजार १२९ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर तीन हजार पाँच सय ३७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ३७ हजार २२ जना सक्रिय सङक्रमित रहेका छन् ।

    उपत्यकामा एक हजार २०७ सङ्क्रमित थपिए

    काठमाडौँ उत्यकामा थप एक हजार २०७ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका एक हजार ९१९, ललितपुरका १८० तथा भक्तपुरका १०८ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । हालसम्म काठमाडौँका ७७ हजार तीन, ललितपुरका ११ हजार ५७ तथा भक्तपुरका ६ हजार ९५६ जना संक्रमित भएका छन् । तिमध्ये काठमाडौँमा ६० हजार २६६, ललितपुरमा ८ हजार तथा भक्तपुरमा ५ हजार ६१३ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा तीन, ललितपुरमा दुई तथा भक्तपुरमा एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।

    अहिलेसम्म कोरोनाबाट काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट ४५३ को मृत्यु भएको छ । काठमाडौँमा २९६, ललितपुरमा ८१ त्था भक्तपुरमा कोरोनाबाट ७६ जनाको ज्यान गएको हो । नेपालमा कोरोना सङ्क्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या एक हजार २०२ पुगेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.