सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजधानीका तीन सञ्चारगृहमा पत्रकारको धर्ना


  •    न्युजभित्तो/२६ कार्तिक २०७७, बुधबार २१:३९ 
  • काठमाण्डौं । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारको स–सम्मान पुनःवहाली गर्नुपर्ने माग गर्दै नेपाल पत्रकार महासङ्घले तीन सञ्चारगृहमा धर्ना दिएको छ । पत्रकारले कोभिड–१९ को समयमा काम गरेको तलब–भत्ता उपलब्ध गराउनुपर्ने माग गर्दै अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह, नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि कारोबार दैनिकको प्रकाशन गृह, टिबीआई पब्लिकेसन्स प्रालि राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन प्रालि मा कालो ब्यानरसहित आज दुई घण्टा धर्ना दिइएको हो ।

    महासङ्घले दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन यसअघि चेतावनी दिएको थियो ।

    अन्नपूर्ण पोष्ट दैनिकमा भएको धर्नामा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले समस्याग्रस्त सञ्चारगृहका सञ्चालकसँग पटकपटक औपचारिक अनौपचारिक छलफल गर्दा पनि समस्या समाधान नभएकाले महासङ्घ आन्दोलन गर्न बाध्य भएको बताउनुभयो । नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीले पत्रकारका जायज माग पुरा गर्नुपर्ने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.