सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पछिल्लो २४ घण्टामा देशभरमा थपिए दुई हजार ५६९ सङ्क्रमित, २६ को मृत्यु


  •    न्युजभित्तो/२६ कार्तिक २०७७, बुधबार २०:०९ 
  • काठमाण्डौं । देशभरमा आज बुधबार कोभिड–१९ का दुई हजार ५६९ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै एक हजार ६६६ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    आज थपिएका सङ्क्रमितमध्ये पुरुष एक हजार ५६९ र महिला एक हजार सात रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो । आज सङ्क्रमणमुक्त भएका एक हजार ६६६ समेत गरी आजसम्म एक लाख ६२ हजार २४३ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म निको हुने दर ८० प्रतिशत रहेको छ ।

    आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ९१२ पुगेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव तीन प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख दुई हजार ३२९ पुगेको छ ।

    काठमाडौँ उपत्यकामा आज एक हजार २६१ सङ्क्रमित थप भएका छन् । काठमाडौँ जिल्लामा ९७६, ललितपुर २०४ र भक्तपुर ८१ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा आज थपिएका सङ्क्रमितमध्ये एक हजार ७३३ पुरुष र ५२८ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा १७ हजार १६४, ललितपुरमा दुई हजार ५०६ र भक्तपुरका एक हजार २७५ सक्रिय सङ्क्रमित रहेका छन् ।

    त्यस्तै, होम आइसोलेसनमा रहनेको सङ्ख्या काठमाडौँमा ११ हजार ३९३, ललितपुर एक हजार ८३१ र भक्तपुरमा एक हजार ८१४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १० हजार ८१ नमूना परीक्षण भएको थियो । हालसम्म १५ लाख ७४ हजार २९५ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ५३ हजार ९४९ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव आठ प्रतिशत छ । क्वारेइन्टीनमा रहेकाको सङ्ख्या आज एक हजार १०९ रहेको छ ।

    सक्रिय सङ्क्रमितमध्ये हाल २८ हजार ३९३ होम आइसोलेसन र १० हजार ५१९ संस्थागत आइसोलेसनमा रहेका छन् । प्रदेशअनुसार होम आइसोलेनमा रहनेको सङ्ख्या प्रदेश १ मा चार हजार ७४७, प्रदेश २ मा ९५२, बाग्मती प्रदेशमा १८ हजार ९३९, गण्डकी प्रदेशमा दुई हजार १२१, लुम्बिनी प्रदेशमा ४०४, कर्णाली प्रदेशमा ३३७ र सुदूरपश्चिम प्रदेशमा ८९३ रहेको छ ।
    देशभरमा गरी आज ३८२ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा ४६, प्रदेश २ मा १२, बाग्मती प्रदेशमा १७१, गण्डकी प्रदेशमा ६९ र लुम्बिनी प्रदेशमा ६१, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १५ सङ्क्रमित आइसियूमा रहेका छन् । त्यस्तै, प्रदेश १ मा १६, प्रदेश २ मा दुई, बाग्मती प्रदेशमा ६०, गण्डकी प्रदेश ११ र लुम्बिनी प्रदेश छ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।

    मन्त्रालयका प्रवक्ता डा गौतमले साउनदेखि यता कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब ८१ करोड ५९ लाख छ हजार विनियोजन भएको जानकारी दिनुभयो । उहाँले मन्त्रालयले परीक्षण र उपचारमा यसअघि गरिएको व्यवस्था परिवर्तन गर्दै सरकारले सूचीकृत गरेको सरकारी अस्पतालमा लक्षणसहितका सङ्क्रमितको परीक्षण र उपचार निःशुल्क गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना बिमा गरेका सङक्रमितले बिमा कम्पनीबाट बिमा रकम दाबी गर्नुपर्छ भने सक्षम र इच्छुक ब्यक्तिले चाहेमा योगदान गर्नसक्नुहुन्छ ।”

    चौध जिल्लामा ५०० बढी सङ्क्रमित, मनाङमा शून्य

    आजसम्म देशभरका ७७ जिल्लामध्ये १४ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने मनाङमा शून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रे, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, दाङ र कैलाली रहेका छन् । आजसम्म मनाङमा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।

    थप २६ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा कोभिडका कारण थप २६ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार १०९ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव छ प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ४० दशमलव दुई हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.