सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिनर्जीको वार्षिकोत्सव बालिकाहरुसँग


  •    न्युजभित्तो/२६ कार्तिक २०७७, बुधबार १९:५१ 
  • देवघाट (चितवन) । भरतपुरमा रहेको सिनर्जी एफएम ९१ दशमलब ६ मेघाहर्जले देवघाटस्थित रामजानकी बालिका आश्रममा आश्रित बालिकाहरूलाई खाना खुवाएर आफ्नो वार्षिकोत्सव मनाएको छ । रेडियोले बुधबार २० औं वार्षिकोत्सवको अवसरमा आश्रममा आश्रित बालिकाहरूलाई एक दिनको खाना खुवाएको हो ।

    आश्रममा रहेका बालिकाहरूले हिन्दु धर्मअनुसार विभिन्न खालका मन्त्र उच्चारण गर्दै रेडियोलाई शुभकामना समेत दिएका थिए । लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित उक्त आश्रममा करिब ३० जना बालिकाहरू आश्रित छन् । आश्रमका अध्यक्ष सावित्री टण्डनका अनुसार कसैको जन्मदिन, कसैको पुण्य तिथी तथा कसैको विवाह उत्सव आदि कार्यक्रमबाटै आश्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । आश्रमको आफ्नै भवन निर्माणको चरणमा रहेको छ ।

    आश्रमले ६ महिनादेखि ६ वर्षसम्मका बालिकाहरूलाई आश्रय दिँदै आइरहेको छ । आश्रम निर्माणको क्रममा रहेकाले भौतिक तथा आर्थिक सहयोग गर्न चाहनेहरूका लागि बाटो खुला रहेको आश्रमका अध्यक्ष टण्डनले बताउनुभयो ।

    कार्यक्रममा सिनर्जी एफएमका स्टेशन म्यानेर रामकान्त पौडेलले रेडियो मार्फत आश्रमलाई आवश्यक सहयोग गर्न आफुहरु सधै तयार रहेको बताउनु भयो । कोभिड बीच भौतिक दुरु कायम गर्दै गरिएको उक्त कार्यक्रममा सञ्चारिका समूह चितवनको अध्यक्ष अजिता अधिकारी, सिनर्जी एफएमका कार्यक्रम म्यानेजर मनोज घिमिरे, समाचार प्रमुख जीवन रानाभाट र आश्रमको तर्फबाट आश्रमका अध्यक्ष सावित्री टण्डन, महासचिव रामेश्वर खनाल, आश्रमका बालिका काल्याणी लोककल्यणीले मन्तव्य सहितको शुभकामना राख्नु भएको थियो ।

    सिनर्जी एफएमले २०५८ साल कार्तिक २६ गते चितवनको भरतपुरबाट आफ्नो प्रसारण शुरु गरेको थियो । सिनर्जी एफएम आकाशीय तरंगमार्फत हाल २० घण्टा र इन्टरनेट मार्फत चौबिसै घण्टा प्रशारण भइरहेको छ । समाचार र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गर्दै आइरहेको सिनर्जी हाल २००० वाट क्षमताबाट प्रसारणमा छ । सिनर्जी एफएम चितवनको पहिलो रेडियो हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.