सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा होमआईसोलेसन र अस्पतालमा गरी दुई संक्रमितको मृत्यु


  •    न्युजभित्तो/२६ कार्तिक २०७७, बुधबार १५:५७ 
  • चितवन । कोरोना सङ्क्रमणका कारण पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भइ होम आइसोलेशनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

    इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार यही कात्तिक १४ गते पुरानो मेडिकल कलेजमा उपचारका क्रममा स्वाबको नमुना दिएका वृद्धको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मृगौला, मधुमेह र रक्तचापको समस्या भई उपचारका लागि आएका उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यमा सुधार नआएर घर लएिका र मङ्गलबार राती ११ः०० बजे मृत्यु भएको हो ।

    यसैगरी चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २ का ५५ वर्षिय पुरुष रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार कात्तिक २० गते निमोनियाका कारण उपचारका लागि आएका उनमा कात्तिक २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    कोरोना सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज दिउँसो १२ः५ वजे मृत्यु भएको उहाँले जानकारी दिनुभयो । यो संगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.