सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्मको सडक स्तरोन्नतीको काम सुरु


  •    न्युजभित्तो/२५ कार्तिक २०७७, मंगलवार २१:११ 
  • चितवन । भरतपुर महानगरपालिकाको मुख्य नगर क्षेत्रमा पर्ने पूर्ब–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको सडक स्तरोन्नतीको काम सुरु भएको छ । सडक निर्माणको वोलपत्र सकार गरेको इण्डो सगुन जेभीले काम सुरु गरेको हो ।

    डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी ई. शिव खनालका अनुसार ठेकेदार कम्पनीले सर्भेको काम सुरु गरेको छ । यससँगै सडकको छेउमा रहेका रुख, पोल लगायत हटाउने काम अघि बढाईदै छ । कार्यालयसँग असोज २६ गते सगुनले २८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरेको हो । खनालका अनुसार रु १ अर्ब १२ करोडमा स्तरउन्नती गर्न लागिएको सडकको लम्बाई ६ किलोमिटर लामो छ । सडकले ओगटेको चौडाई ५० मिटरको पूरै भागलाई प्रयोगमा ल्याएर ६ लेन सडक निर्माण गरिने छ ।

    हाल सो सडकको ७ देखि १७ मिटरसम्म फराकिलो कालोपत्रे रहेको छ । मुख्य शहरी क्षेत्रमा चार लेन कालोपत्रे रहेको छ भने अन्य भागमा दुई लेन मात्र कालोपत्रे रहेको छ । सडकको बीचमा तीन मिटर हरियालीका लागि छुट्याईएको छ भने चार लेन लामो दुरीका गाडीका लागि र छेउ–छेउमा दुई लेन स्थानीय सवारीका लागि छुट्याईएको खनालले जानकारी दिनुभयो । सवारी साधनले यात्रु झार्नका लागि व्यवस्थित ठाउँ हुनेछन् । सडकको दुवैतर्फ फुटपाथ, ढल बनाईने छ । सडकको दायाँ–बायाँ र बीचमा आकर्षक सडक बत्ती हुने छ । खनालले भन्नुभयो “सरासर काम भएमा वि.सं.२०७९ माघ १० गते भित्र सुन्दर सडक बन्नेछ ।”

    झण्डै दुई वर्ष अघि भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा तत्कालिन भौतिक पूर्बाधार तथा यातायात मन्त्री रघुविर महासेठले यो सडक निर्माणको घोषणा गर्नु भएको थियो । चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एबं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”, मन्त्रालयका सचिब, सडक बिभागका महानिर्देशक लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

    महानगर प्रमुख रेनु दाहालले त्यसपछिको निरन्तर प्रयासपछि काम सुरु हुने अवस्थामा आई पुगेको बताउनुभयो । यो सडकले आवागमनलाई सहजसँगै महानगरको सौन्दर्यता बढाउने भएकाले आफुले पहल कदमी लिएको उहाँको भनाई छ । यो सडक बनेसँगै महानगरको नारायणगढ र भरतपुर क्षेत्र व्यवस्थित हुने छ । भरतपुर महानगरको मुख्य शहरी क्षेत्र हुँदै जाने उक्त सडकको काम पूरा भएमा महानगरको विकासको झल्को पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुले समेत पाउनेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.