सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थप २७३६ सङ्क्रमित, ८५३ निको


  •    न्युजभित्तो/२५ कार्तिक २०७७, मंगलवार २०:२२ 
  • काठमाण्डौं । पछिल्लो २४ घन्टामा दुई हजार सात ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ६९० जनाको पिसिआर परीक्षण गर्दा एक हजार ५९ महिला र एक हजार ६७७ पुरुषमा सङ्क्रमण देखिएको हो ।

    नयाँ सङ्क्रमितसंगै नेपालमा अहिलेसम्म एक लाख ९९ हजार ७६० जना पुगेको छ । तीमध्ये ३४ प्रतिशत अर्थात ६६ हजार ९४५ जना महिला र ६६ प्रतिशत अर्थात एक लाख ३२ हजार ८१५ जना पुरुष रहेका छन् । आज मंगलबार देखिएकामा प्रदेश नंं १ का २५३ जना, प्रदेश नंं २ का ९८ जना, वागमति प्रदेशका एक हजार ७८८ जना, गण्डकी प्रदेशका २०९ जना, लुम्विनी प्रदेशका २७९ जना, कर्णाली प्रदेशका १३ जना र सूदुरपश्चिम प्रदेशका ९६ जना रहेका छन् । अहिलेसम्म सक्रिय सङ्क्रमित ३८ हजार ३५ जना रहेका छन् ।

    निको हुने दर असी प्रतिशत
    आजको सो विवरणमा आठ सय ५३ जना आज सङ्क्रमणबाट निको भइ घर फर्किसकेका छन । अहिलेसम्म एक लाख ६० हजार ५७७ जना निको भइर घर फर्किका छन । नेपालमा निको हुने दर ८० प्रतिशत रहेको छ । यस्तै उपत्यकामा आज एक हजार ४२० जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये ६०३ जना महिला र ८१७ जना पुरुष रहेका छन ।

    २२ जनाको निधन
    यस्तै आज २२ जनाको सङ्क्रमणबाट निधन भएको छ । अहिलेसम्म एक हजार १४८ जनाको सङ्क्रमणबाट निधन भइसकेका छन । मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमितमध्ये मृत्यु दर ०.६ प्रतिशत रहेको छ । प्रति दश लाखमा ३९.३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

    यसैगरी सङ्क्रमितमध्ये ४०४ जना सघन उपचार कक्ष (आइसियु) र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । तीमध्ये आइसियुमा प्रदेश नंं १ का ४५ जना, प्रदेश नंं २ का १२ जना, वागमति प्रदेशका १८४ जना, गण्डकी प्रदेशका ७६ जना, लुम्बिनी प्रदेशका ६२ जना, कर्णाली प्रदेशका आठ जना र सुदूरपश्चिम प्रदेशका १७ जना रहेका छन् ।

    यस्तै भेन्टिलेटरमा प्रदेश नंं १ का १५ जना, प्रदेश नं. २ का दुई जना, वागमति प्रदेशमा ५८ जना, गण्डकी प्रदेशका १५ जना र लुम्बिनी प्रदेशका छ जना रहेका छन् ।

    यस्तै पाँच सय भन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही र कैलाली रहेका छन् । शून्य सक्रमित रहेको एकमात्र जिल्ला मनाङ रहेको छ । क्वारेन्टिनमा एक हजार ५८ जना र होम आइसोलेसनमा २९ हजार ७३४ जना रहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.