धादिङमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या आठ पुग्यो
/५ जेष्ठ २०७६, आईतवार २२:२५
धादिङ । झापाको काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको बस आज विहान धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
मृत्यु हुनेमा काठमाडौँको चन्द्रागिरि नगरपालिकाका ३५ वर्षीया सीता थपलिया, इलाम कन्यामका २० वर्षीय विशाल गिरी, थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, धादिङ बेनीघाट रोराङ गाउँपालिका–३ का ४३ वर्षीय राज आचार्य रहेका छन् । आचार्यको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै मृत्यु भएका प्रकाश श्रेष्ठ र शेखर मगरको ठेगाना खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमराज घिमिरेले बताउनुभयो । दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते २९ यात्रुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, गजुरी अस्पताल, आदमघाट अस्पताल, गल्छी अस्पताल तथा काठमाडौँको ट्रमा सेन्टर, मेडिसिट अस्पतालमा उपचार भइरहेको छ । ना७ख ४३८७ नं को बस सडक छेउको बारमा ठोक्किएर ६० मिटर तल त्रिशूली नदीमा खसेको हो ।
बैतडी दुर्घटनाका मृतक सबैको सनाखत
बैतडी । जीप दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१० बाराकोटका ४५ वर्षीय हिराबल्लभ भट्ट, ६५ वर्षीया नरुली भट्ट र ६० वर्षीय लालमणि भट्ट रहेका छन् । उनीहरुको घटनास्थलमा नै ज्यान गएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।
दुर्घटनामा दशरथचन्द नगरपालिका–१० का ४५ वर्षीय प्रकाश भट्ट, कञ्चनपुरको भीमदत्तनगरका २६ वर्षीय राहुल भट्ट र जीप चालक दशरथचन्द नगरपालिका–१० का नवीन भट्ट घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
दशरथचन्द नगरपालिका–१० बाराकोटबाट देहिमाडौँ हुँदै नागार्जुनतर्फ जाँदै गरेको ग१ज ४९२१ नं को जीप आज दशरथचन्द नगरपालिका–११ नानीगाडमा दुर्घटना भएको थियो । देवताल मन्दिर दर्शनका लागि जाँदै गरेका उनीहरु दुर्घटनामा परेका हुन् । जीप सडकबाट १५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । जीपमा चालकसहित सात जना थिए ।