सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘मानवीय हेलचेक्राईले सवारी दुर्घटना बढी’


  •    न्युजभित्तो/२२ कार्तिक २०७७, शनिबार १८:३१ 
  • चितवन । सवारी दुर्घटना हुनुमा मानवीय हेलचेक्राई नै मुख्य कारण रहेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख एस पी शान्तिराज कोईरालाले बताउँनुभएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा रेडियो त्रिवेणी १००.६ ले शनिबार सञ्चालन गरेको ‘सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा हाम्रो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नागरिक स्तरमा उत्तरदायीत्वको बोध हुनु पर्ने कुरालाई जोड दिनुभयो ।

    उहाँले भन्नुभयो “कमजोरी ट्राफिक प्रहरीका पनि छन् तर बुझिबुझि पनि नियम उल्लङ्घन गर्ने सबैको बानी भईसकेकाले समस्या समाधानमा कठिनाई भईरहेको छ ।” उहाँले ट्राफिक ब्यवस्थापनका निम्ति कानुनको कडाईका साथ पालना गरी कमजोरी गर्नेहरुलाई दण्डित गर्नुको विकल्प नभएको बताउनुभयो ।

    रेडियो त्रिवेणीको परिसर भरतपुर ११ मा बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन गरिएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तेज नारायण खरेलले गर्नुभएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष खरेलले अन्तरक्रिया कार्यक्रममा उठेका विषयहरु ज्यादै महत्वपूर्ण रहेको भन्दै हरेक ब्यक्ति ब्यक्तिले आफु ट्राफिक प्रहरी हुँ भन्ने ठानेर जिम्मेवार बने मात्रै ब्यबस्थापन सहज हुने बताउनु भयो । बिगत १३ वर्षदेखि निरन्तर सूचना, समाचार र मनोरञ्जनात्मक कार्यक्रमहरुका अलवा समयानुकूल सामाजिक विषयहरुलाई उठान गर्ने क्रमकै निरन्तरता स्वरुप कार्यक्रम आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा बोल्दै भरतपुर ३ का वडाध्यक्ष चन्द्र मित्र पण्डितले महानगरपालिकाले पटक पटक पार्किङको समस्या समाधानका निम्ति पहल गरिरहेको बताउनुभयो । महानगरले नारायणगढ बजार आसपासका ठाउँहरुमा ब्यक्तिको जग्गा भाडामा लिएरै पनि सार्बजनिक पार्किङ स्थल बनाएको भएपनि बाटोमै गाडी रोक्ने तर सम्बन्धित ठाउँमा पार्किङ नगर्ने प्रबृत्तीले गर्दा ट्राफिक जामको समस्या हल गर्न नसकिएको तर्क गर्नुभयो ।

    रेडियोका समाचार शाखा प्रमुख हेमराज रिमालले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रबन्ध निर्देशक सुदिपसिंह अधिकारीले स्वागत मन्तब्य ब्यक्त गर्नुका साथै कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्नुभएको थियो भने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका नायब निरिक्षक विकल भट्टराईले जिल्लामा ट्राफिक ब्यवस्थापनको चुनौती तथा दुर्घटनाको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा तालिम विभाग प्रमुख कृष्ण गिरी, सडक डिभिजन कार्यालय भरतपुरका ईन्जिनियर धिरज ढकाल, संयुक्त रुट ब्यवस्थापन समिती चितवनका संयोजक चिनी बहादुर बोहोरा, रेडियो त्रिवेणीका निर्देशक प्रकाश पौडेल, हिमालय आधारभूत विद्यालय जागृती चोकका प्रधानाध्यापक नहेन्द्र खड्का, रेडियो त्रिवेणीका बरिष्ठ कार्यक्रम प्रस्तोता सिर्जन अबिरल, चितवनपाटीका सम्पादक सबिन न्यौपाने लगायतले आफुहरुले प्रतिनिधित्व गरेका संस्था तथा निकायको भूमिकाबारे बोल्नु भएको थियो ।

    कार्यक्रममा चेम्बर अफ कमर्स चितवनका उपाध्यक्ष गोपाल भट्टराईलाई रेडियो त्रिवेणीको स्थापनाकालदेखि प्राप्त साथ र सहयोगका निम्ति सम्मान गरिएको थियो । कार्यक्रमका सहयोगी संस्थाहरुमा सफल मोटर्स भरतपुर, खरेल ईलेक्ट्रिक नारायणगढ, भरतपुर रेडिमिक्स सल्यानीचोक, न्यु अप्टिक गग हाउस नारायणगढ रहेका थिए भने अनलाईन पार्टनरमा चितवन पाटी डट कम रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.