सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन बारको अध्यक्षमा रामकृष्ण अधिकारी विजयी, तीन बाहेक सम्पूर्ण पदमा पिएलए विजयी


  •    न्युजभित्तो/२२ कार्तिक २०७७, शनिबार ०७:३७ 
  • चितवन । चितवन जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा रामकृष्ण आधिकारी विजयी हुनुभएको छ । शुक्रबार भएको २१ औं कार्यसमितिको निर्वाचनमा प्रगतिशिल तथा पेसागत कानुनी व्यवसायी संगठन (पिएलए) प्यानलका तर्फबाट अधिकारी अध्यक्ष निर्वाचित हुनुभएको हो । उपाध्यक्ष सहित तीन पद बाहेक सबै पमा पिएलए विजयी भएको छ ।

    अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारीले १०७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी डिएलएका डा हरिहर पोखरेलले ८० मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा भने डिएलएका मुन्ना विक्रम खाती ९७ मतले निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी पिएलएका उपाध्यक्ष रामचन्द्र देवकोटाले ८० मत प्राप्त गर्नुभयो । उपाध्यक्ष, एक महिला सदस्य र एक पार्षद्मा भने डिएलएका तर्फएबाट निर्वाचित हुनु भएको छ ।

    सचिवमा विनोद मिश्र ९९ मत, कोषाध्यक्षमा बद्रीनाथ पण्डित ९८ मत , सहसचिवमा शोभा भट्टराईले १०६ मत सहित निर्वाचित हुनुभएको छ । सदस्यहरुमा कुलचन्द्र खनाल १००, जनकराम पौडेल ९८, रामनाथ घिमिरे ९१, कृष्णप्रसाद पन्त ९६, अजयकुमार तामाङ ९६, विकास गुरुङ १०४, सपि मिया ८२ र डिएलकी तृष्णा न्यौपाने १०१ मत सहित निर्वाचित हुनुभएको छ ।

    केन्द्रीय पार्षद्मा टेकनाथ अधिकारी १०२ मत, शिवराम महतो ९७, नुनराज सिलवाल ११२, पासाङ लामा १००, वामदेव अधिकारी १०६, जीवनज्योति विश्वकर्मा ९१, नारायण गिरी ८९ र डिएलएका गोमा न्यौपाने भण्डारी ९१ मत प्राप्तगरी निर्वाचित हुनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.