सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाको जोखिसँगै चितवनमा अपराधमा कमी


  •    न्युजभित्तो/१९ कार्तिक २०७७, बुधबार १६:३८ 
  • चितवन । दशैंका वेला हुने आपराधिक घटनामा यो वर्ष कमी आएको छ । कोरोना भाइरस सङक्रमणको उच्च जोखिमका कारण बजारमा मानिसको चहलपहल घटेसँगै आपराधिक घटनामा समेत कमी आएको हो । जिल्लामा गत वर्षको दशैंमा विभिन्न अपराधमा ४९ वटा मुद्दा दर्ता भएकोमा यो वर्षको दशैंमा ३९ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यवहादुर थापाका अनुसार गत वर्षको दशैंमा दर्ता भएको विभिन्न मुद्दामा ६१ जना पक्राउ परेका थिए भने यो वर्ष दर्ता भएका मुद्दामा ३३ जना पक्राउ परेका छन् । यही कात्तिक १ गतेदेखि १५ गतेसम्म दशैंको अवधिमा १२ जनाले आत्महत्या गरेका छन् । गत वर्ष दशैंको अवधिमा ९ जनाले आत्महत्या गरेका थिए । त्यसैगरी सो अवधिमा चार चोरी, चार जुवातास, एक लागुऔषध, दुई सवारीज्यान, चार सार्वजनिक हितविरुद्धको कसुर, सात फुटकर ज्यान, चार भवितव्य ज्यान र एउटा खोटा चलन ९नक्कली मुद्रा० का मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

    उहाँका अनुसनर गत वर्ष सोही अवधिमा सबैभन्दा वढी सवर्जनिक हितविरुद्धको कसुरमा २० वटा मुद्दा दर्ता भएको थियो । त्यसैगरी फुटकर ज्यानमा तीन, सवारी ज्यानमा चार, लागुऔषधमा आठ, जुवामा तीन र कर्तव्य ज्यान, गौवध एबं ज्यान मार्ने उद्योगमा एक÷एक वटा मुद्दा दर्ता भएका थिए ।

    दशैंको समयमा कोरोना सङ्क्रमण जोखिमका कारण मानिसको चहलपहल कम भएको तथा सुरक्षा व्यवस्था सबल र प्रभावकारी बनाइएका कारण आपराधिक घटनामा कमी आएको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.