सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अयोध्यापुरीमा सुन्दर काण्डको सङ्गीतमय पाठपारायण


  •    न्युजभित्तो/१९ कार्तिक २०७७, बुधबार ०८:११ 
  • माडी (चितवन) । चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको सङ्गीतमय पाठपारायण गरिएको छ । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवं अध्ययन मण्डल ९श्री राम संस्था० अमेरिकाको संयुक्त आयोजनामा मङ्गलबार पाठपारायण गरिएको हो ।

    पाठपारायणको सफलताको कामना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाउनुभएको थियो । ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायणले अयोध्यापुरीमा निर्माण हुन लागेको रामधामको अभियानमा समेत सहयोग पुग्ने विश्वास लिएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “यस साङ्गीतिक पारायणले माडी अयोध्यापुरीमा निर्माण हुन लागेको रामधामको अभियानमा समेत सहयोग पुग्नेछ भन्ने मलाई विश्वास लागेको छ”, उहाँले पठाएको शुभकामना सन्देशमा भनिएको छ, “भौगोलिक तथा पुरातात्विक अनुसन्धान गरेर नै माडीको अयोध्यापुरीमा रामधाम निर्माणको कार्य अगाडि बढाइएको हो ।” रामधाम निर्माणपछि माडीको पर्यटन प्रवद्र्धन, प्राचीन सभ्यताको सम्वद्र्धनमा सहयोग पुग्ने उहाँको विश्वास छ ।

    सोह्रौँ शताब्दीमा गोस्वामी तुलसीदासद्वारा अवधि भाषामा लिखित हिन्दूहरुको ग्रन्थ श्री रामचरितमानस पुस्तकलाई तुल्सीराम शर्माले नेपालीमा सम शैली र सम छन्दमा जस्ताको तस्तै पद्य अनुवाद गर्नुभएको हो । सोही ग्रन्थको सुन्दर काण्डको साङ्गीतिक पाठपारायण शुरु भएको हो ।

    एक दिवसीय साङ्गीतिक कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले धार्मिक सहिष्णुताको विकास र कला संस्कृतिको संरक्षण गर्नमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभो । साङ्गीतिक पाठपारायणले प्रधानमन्त्रीको सक्रियतामा अगाडि बढाइएको माडीमा रामधाम बन्ने योजनालाई पनि अगाडि बढाउन पहल गर्ने बताउँदै उहाँले माडीमा रामधामको निर्माणले समग्र माडी विकासमा सहयोग पुग्ने भएकोले सबैलाई सहयोग गर्नसमेत आग्रह गर्नुभयो ।

    हरिहर सन्न्यास आश्रम देवघाटले ‘नेपाली रामचरितमानस’ नाम दिई उक्त पुस्तक प्रकाशनमा ल्याएपछि नेपाल र भारतसँगै विश्वका धेरै देशमा यसको पारायण थालिएको छ । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.