सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिहानैदेखि बैङ्कको ढोका कुर्दै नवलपुरका ज्येष्ठ नागरिक


  •    न्युजभित्तो/१८ कार्तिक २०७७, मंगलवार १८:५८ 
  • कावासोती । छियासी वर्षीया टिकामाया चन्द ठकुरी हातमा लौरो समाती बैंकको सिँढीमा बस्नुभएको छ । बिहान चार बजेदेखि उहाँ सिँढीमा बस्नुभएको हो । उहाँ बसेको घरको दोश्रो तलामा मेगा बैङ्कको कार्यालय छ ।

    बिहानीको समयमा चिसोको आभास हुन थालेको छ । तर उहाँलाई कुनै प्रवाह छैन् । सिमेन्टको भूईमा बसेर उहाँ बैंक खुल्ने प्रतिक्षामा रहनुभएको छ । सामाजिक सुरक्षा भत्ता बुझ्न उहाँ बिहानै चार बजे बैङ्क परिसरमा आउनु भएको हो । कावासोती नगरपालिका–१ कोइलापानीदेखि झण्डै ७ किलोमिटर पैदल हिडेर आउनु भएको उहाँलाई बैङ्क चाँडै खुलेर भत्ता बुझ्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

    उहाँजस्तै ६२ वर्षीया फुलकुमारी सुनारसमेत बिहान चार बजेदेखि बैङ्क खुल्ने प्रतिक्षामा हुनुहुन्छ । “दश बजे आए पालो आउँदैन, पैसा पनि पाइँदैन, त्यसैले बिहानै आएकी हुँ” उहाँले भन्नुभयो । उहाँसँगै अन्य ज्येष्ठ नागरिक समेत बिहानै चार बजेदेखि बैङ्क खुल्ने प्रतिक्षामा रहनुभएको छ । कोभिड–१९ को जोखिम हुन सक्ने भन्दै बैङ्कले दैनिक ३० जनालाई मात्र कुपन प्रदान गर्दै आएको छ । एक दिनमा ३० जनाको मात्रै पालो आउने भएपछि यहाँका ज्येष्ठ नागरिकहरु बिहानैदेखि कुपनका लागि बैङ्कको ढोकामा लाइन बस्ने गरेका छन् । बिहान ६ बजे तीस वटा कुपन बितरण गरिसकेको बैङ्कका सूरक्षाकर्मीले बताउनुभयो । अब आउनेले कुपन नपाउने उहाँको भनाइ छ । तर कुपन नपाएपनि भत्ताको पैसा निकाल्न पाइन्छ कि भनेर केही ज्येष्ठ नागरिक लाइनमै बसेका देखिन्छ ।

    कावासोती नगरपालिका–१ का वडाध्यक्ष नारायण पन्तले बैङ्कले जिम्मेवारीपूर्वक कार्य नगर्दा समस्या भएको बताउनुभयो । “ बैङ्कले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने थियो, तर कुनै प्रतिक्रिया दिदैनन्”, उहाँले भन्नुभयो । कावासोती–१ मा करिब ६ जनाले सामाजिक सुरक्षा भत्ता पाउने सूचिमा छन् । बैङ्कले उपयुक्त व्यवस्थापन नगरिदिँदा भीडमा ज्येष्ठ नागरिक थप सङ्क्रमण जोखिममा रहेको उहाँको भनाइ छ । सामाजिक सूरक्षा भत्ता बितरणको व्यवस्था बैङ्कबाट भएकाले कोरोना सङ्क्रमण जोखिमको यो समयमा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने वडाध्यक्ष पन्तले बताउनुभयो ।

    कावासोती नगरपालिका–२ का वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले नगरपालिकाले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दशैंअघि नै बैङ्कमा पठाइसकेको बताउनुभयो । अशक्त र ज्येष्ठ नागरिकको संरक्षक कायम गरी सिफारिसका आधारमा लिन सक्ने बनाउँदा समस्या नआउने उहाँको भनाइ छ । बैङ्कहरुले सामाजिक सुरक्षा भत्ता सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने सुझाव उहाँको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.