चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारण सभा आगामी मंसिर २७ गते हुने भएको छ । शाखाको आज सोमबार भरतपुरस्थित कार्यालयमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले साधारण सभा सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी तोकिएको शाखा अध्यक्ष राधेश्याम खतिवडाले बताउनुभयो । साधारण सभामा उपस्थित भई भव्य रुपमा सफल पार्न सम्पूर्ण शाखा सदस्यहरुलाई अध्यक्ष खतिवडाले अनुरोध गर्नुभयो ।
शाखामा ६१ जना नयाँ सहित २७५ जना सदस्य रहेका छन् । नयाँ विधान अनुसार महासंघको अधिवेशन आगामी फागुन ३ गते हुने जनाईएको छ । जस अनुसार जिल्ला, प्रदेश र केन्द्रीय समितिको एकै पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् नेतृत्व चयन हुनेछ ।
कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिईरहेकोले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्दै साधारणसभा सम्पन्न गरिने उहाँले बताउनुभयो । महासंघका सदस्यहरुलाई पनि स्वास्थ्य मापदण्ड पालना गरी सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।
कोरोना कहरले सञ्चार क्षेत्रमा पारेको प्रभाव र चुनौतीको कसरी सामना गर्न सकिन्छ भन्ने बारेमा पनि बैठकमा छलफल भएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म आठ जना पत्रकारहरु संक्रमित भईसकेको, ती मध्ये केही संक्रमणमुक्त भईसक्नु भएको र केही होम आईसोलेसनमा रहनु भएको सो अवसरमा जानकारी दिईयो । बैठकले संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।