सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि विश्वविद्यालयले पाएन भर्ना अनुमति


  •    न्युजभित्तो/१६ कार्तिक २०७७, आईतवार २०:५१ 
  • चितवन । अरुलाई सम्बन्धन दिएर अनुगमन गर्ने विश्वविद्यालयले नै भर्नाको अनुमति पाएन भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरले पशु चिकित्सा तथा पशुपालन विषयमा भर्ना अनुमति पाएको छैन । न्यूनतम मापदण्ड समेत पूरा नगरेपछि नेपाल पशु चिकित्सा परिषद्ले भर्ना अनुमति नदिएको हो ।

    अध्ययन, अनुसन्धान र प्रसार गर्ने विश्वविद्यालयले छ वटा आंगिक र आठ वटा निजी क्याम्पसलाई सम्बन्धन दिएर अनुगमन गरिरहेको छ तर आफ्नै केन्द्रीय क्याम्पस रामपुरमा मापदण्ड पूरा गर्न नसकेपछि यस वर्षको भर्ना अन्योलमा परेको छ ।

    सामान्यतया सो विश्वविद्यालयले दशैं र तिहारको बीमा स्नातक तहमा भर्ना खोल्ने भए पनि परिषद्बाट अनुमति नपाउँदा भर्ना खोल्न सकेको छैन । परिषद्का रजिष्ट्रार डा।नारायण घिमिरेले तोकिएका मापदण्ड पूरा गर्न नसक्दा अनुमति नदिइएको बताउनुभयो ।

    पशु चिकित्सक उत्पादन गर्ने जस्तो संवेदनशील विषयमा प्रयोगशाला, पशु अस्पताल, पशुको संख्या, प्रयोगशालामा हुने उपकरण जस्ता सामान्य विषय वस्तु पनि विश्वविद्यालयले पूरा गर्न नसकेको घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो “चिकित्सक उत्पादन गर्ने काममा प्रतिबद्धताले हुँदैन, काम हुनुप¥यो ।”

    विसं। २०७५ मा पहिलो वर्षको न्यूनतम मापदण्ड पूरा भएर विद्यार्थी भर्ना गर्न अनुमति दिएको भए पनि दोस्रो र तेस्रो वर्ष पूरा गर्नुपर्ने मापदण्ड पूरा विश्वविद्यालयले अझै पूरा गर्न सकेको छैन । त्यहाँ उत्पादित जनशक्ति दक्ष नभएको प्रश्न समेत उठ्ने गरेको घिमिरेले बताउनुभयो ।

    विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा।डा।पुण्यप्रसाद रेग्मी मापदण्ड पूरा गर्ने प्रतिबद्धताका साथ भर्नाको अनुमति माग्ने कार्य भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “तत्काल हुने काम गरिहाल्छौँ, अरु मापदण्ड क्रमशः पूरा गर्दै जानेछौं ।”

    सो विश्वविद्यालयको पशु चिकित्सा संकायमा ५० जना विद्यार्थी पढ्ने गरेका थिए । न्यून शुल्कमा पढ्न पाउने भएपछि देशैभरका विद्यार्थीको रोजाइमा यो विश्वविद्यालय पर्ने गर्दछ । विश्वविद्यालयमा राजनीतिक खिचातानीका कारण लामो समय उपकुलपतिसहित उच्च अधिकारीको पद खाली रहेर कायममुकायमको भरमा सञ्चालन हुँदै थियो । अहिले पनि सेवा आयोगका अध्यक्ष, रजिष्ट्रार, डीनलगायत महत्वपूर्ण पद रिक्त छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.