सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रोजगार गुम्दा दशैँ पीडादायी


  •    न्युजभित्तो/१६ कार्तिक २०७७, आईतवार ११:४६ 
  • टिकापुसर (कैलाली) । लम्कीचुहा नगरपालिकाका रोहित धामी निजी विद्यालयका शिक्षक हुनुहुन्छ । रोहितले विद्यालयबाट तलब नपाएको आठ महिना भयो । रोजगारविहीन भएका रोहितलाई यस वर्षको दशैँ टार्न निकै गाह्रो भयो । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलन थालेपछि गत वर्ष चैतबाट बन्द भएका विद्यालय सञ्चालनमा नआएपछि निजी विद्यालयमा कार्यरत शिक्षकले तलब पाउन सकेका छैनन् ।

    रोहितका भाइ रोहन निजामती सेवातर्फका अधिकृत हुनुहुन्छ । हरेक वर्ष दशैँमा रमाइलो गर्ने यी दुई भाइ यस वर्ष खासै रमाउन सकेनन् । “भाइले खसी काटेर, नयाँ लुगाकपडा किनेर धुमधामका साथ दशैँ मनायो, तर मेरो त घरमा अन्नकै समस्या शुरु भइसकेको थियो”, रोहितले भन्नुभयो, “मलाई निकै पीडा भयो, समाजमा शिक्षक भनेर चिनिएको मानिस छैन भन्न पनि सकिनँ । भाइले पनि यस वर्ष धुमधाम नगरौँ दाइ बेरोजगार भएको छ भनी बुझेन ।” रोहितले यस वर्ष दशैँमा श्रीमती र बालबच्चालाई नयाँ लुगा, मिठो खानेकुरा खुवाउन नपाएको बेला भाइको तडकभडकले थप पीडा दिएको बताउनुभयो ।

    टीकापुर–३ का ललिता चौधरीका दम्पती नै निजी विद्यालयमा कार्यरत शिक्षक हुनुहुन्छ । ललिताको पनि रोहितको जस्तै समस्या शुरु भएको छ । कमाउने दुवै बेरोजगार भएका छन् । विद्यालय नचलेसम्म उनीहरुको घरमा समेत खुशीयाली पस्नेवाला छैन । “यस वर्ष माइत पनि गइनँ, कोरोना महामारी फैलिएको छ, सञ्चो छैन भन्ने बहानामा आफन्तकहाँसमेत टीका लगाउन गएनौँ”, ललिता भन्नुहुन्छ, “छिमेकीले रमाइलो गरी दशैँ मनाएको देख्दा छोराछोरीले सताउने रहेछन् । खर्च नभएर यस वर्ष दशैँमा धेरै दुःख लाग्योे ।”

    कोरोना सङ्क्रमणको जोखिम बढेपछि विद्यालय बन्द हुँदा कैलालीका हजारौँ शिक्षकको रोजीरोटी चलेको छैन । कैलालीमा समुदायस्तरमै सङ्क्रमण देखिन थालेकाले विद्यालय खुल्ने टुङ्गोसमेत लागेको छैन । “विद्यालय नचले शिक्षकले तलब कहाँबाट पाउनु रु अधिकांश निजी विद्यालय भाडाको घरमा चलेका छन्”, स्थानीय बन्दना जैसी भन्नुहुन्छ, “अब कति विद्यालयलाई घरधनीले घर खाली गर्न लगाउनेछन् । विद्यालय नचलेका कारण धेरैको घर चलाउन मुस्किल भएको छ ।”

    सामाजिक अभियानकर्मी कल्पना उपाध्याय हुनेले नहुनेलाई देखाउने गलत संस्कारले कमजोरहरु सधैँ पीडामा रहने गरेको बताउनुभयो । “समाज बिग्रेकै हुनेखानेले गर्ने तडकभडकले हो । हुनेले बढी खर्च गरेर देखाउँदा आर्थिक अवस्था कमजोर भएकाहरुको घरमा अशान्ति हुन्छ”, उपाध्याय भन्नुहुन्छ, “समाजमा बस्नेले यस्ता कुरामा ध्यान दिन आवश्यक छ । धनीले गरिबलाई दिएर बाडीचुँडी खानुपर्छ ।” उहाँका अनुसार समाजमा सबैलाई ध्यानमा राखेर चाडपर्व र संस्कृति मनाउन आवश्यक हुन्छ ।

    टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले सङ्क्रमण समुदायस्तरमै फैलिँदै गएकाले विद्यालय चल्ने नचल्ने अझै निश्चित नभएको बताउनुभयो । “अनलाइन कक्षा पनि प्रभावकारी छैन, विद्यालयमा भीडभाड गरेर विद्यालय चलाउनु भन्न पनि सकिएको छैन”, अवस्थी भन्नुहुन्छ, “विद्यालय नचलेका कारण धेरैको रोजगार गुमेको छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश
    • दयाशङ्कर पत्रकारिता सम्मान पत्रकारद्वय बस्नेत र बराललाई
    • दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
    • बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
    • गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.