कार्तिक १८ गते माडीमा नेपाली सुन्दर काण्डको सङ्गीतमय पारायण हुने
न्युजभित्तो/१४ कार्तिक २०७७, शुक्रबार २१:०६
नारायण सापकोटा
माडी । माडीमा अयोध्याधाम निर्माणको विषयलाई प्रभावकारी रुपमा अगाडि बढाउने उद्देश्यका साथ आउँदो कार्तिक १८ गते माडीमा एक दिने नेपाली सुन्दर काण्डको सङ्गीतमय पारायण हुने भएको छ । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति र श्री राम जानकी अनुसन्धान एवम् अध्ययन मण्डल (श्रीराम संस्था) अमेरिकाको संयुक्त आयोजनामा माडीमा राम मन्दिर बनाउने अभियानको प्रगति विवरण र नेपाली सुन्दर काण्डको सङ्गीतमय पारायण सम्बन्धि जानकारी दिने उद्दश्यले आज शुक्रबार माडीमा आयोजित पत्रकार सम्मेलनमा उक्त विषयको जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको अयोध्या सम्बन्धी विषयलाई सफल बनाउनको लागि माडी नगरपालिकाले माडी नगरपालिका वडा नं. ७ को कृष्णनगर पार्कलाई स्थान छनौट गरी केन्द्रमा पठाइसकिएको धारणा राख्नुभयो । शास्त्रीय वर्णनअनुसार साविक अयोध्यापुरीको भूगोल मिल्दो देखिएकाले माडी नगरपालिकाले अयोध्या अध्ययन अनुसन्धान र व्यवस्थापन समिति गठन गरेर अध्ययन अनुसन्धान गर्दै रामधाम निर्माणको प्रक्रियालाई अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।
रामधामको विषयमा माडी क्षेत्रका संघीय सांसद तथा नेकपाका अध्यक्षको भनाइ किन सार्वजनिक भएको छैन भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा पार्टी अध्यक्ष प्रचण्डसँग छलफल भएर नै काम अगाडि बढेको जानकारी दिंदै नगर प्रमुख ढकालले पार्टीका दुबै अध्यक्षसँग निर्माणका विषयमा थप छलफल गर्न लागिएको बताउनुभयो ।
नेपाली सुन्दर काण्ड सङ्गीतमय पारायणको बारेमा जानकारी दिंदै श्री रामजानकी अनुसन्धान एवम् अध्ययन मण्डल (श्रीराम संस्था) अमेरिकाका प्रतिनिधि पण्डित तुलसीराम शर्मा कँडेलले केही कलाकारहरु रुपन्देहीबाट ल्याउने र स्थानीय कलाकारहरुलाई सहभागी गराई नेपाली सुन्दर काण्डको सङ्गीतमय पारायण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार सङ्गीतमय पारायण करिव २ घण्टाको हुनेछ । उहाँले १८ गतेको साङ्गीतिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सञ्चारकर्मी लगायत सबैमा हार्दिक अपिलसमेत गर्नुभयो ।
सोही पत्रकार सम्मेलनमा श्री रामजानकी अनुसन्धान एवम् अध्ययन मण्डल (श्रीराम संस्था) अमेरिकाका अध्यक्ष थलराज पन्थले सम्माननीय प्रधानमन्त्रीको रामधाम निर्माण गर्ने अभियानलाई सफल बनाउनको लागि विदेशमा रहेका नेपालीहरुबाट सहयोग जुटाउनको लागि संस्थाले काम गरिरहेको भर्चुअल माध्ययमबाट जानकारी दिनुभयो । माडी नगरपालिकाका प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष शिवहरी सुवेदीको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा माडी नगरपालिका वडाध्यक्षहरु, अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलन पश्चात पत्रकाकारहरुले राम मन्दिर निर्माणको लागि माडी नगरपालिकाले सिफारिस गरेको स्थल पुगेर अवलोकनसमेत गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म माडीको अयोध्यापुरीमा भएको उद्घोष गरेसँगै माडीको अयोध्यापुरीमा उक्त विषयमा अध्ययन र अनुसन्धान भईरहेको छ । उक्त स्थानलाई रामको जन्मभूमिको रुपमा विकास गर्दैै धार्मिक पर्यटक आकर्षित गर्न माडी नगरपालिकाले प्रदेश र संघीय सरकारको समन्वयमा विकास निर्माणको काम समेत अघि बढाईरहेको छ ।