सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामाजिक सञ्जालमार्फत् नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह


  •    न्युजभित्तो/१२ कार्तिक २०७७, बुधबार १९:२७ 
  • काठमाण्डौं । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भनी प्रविधिको दुरुपयोग गर्ने क्रम देखिएकाले सूचना जारी गरी सतर्क हुन आग्रह गरिएको हो ।

    यस्ता गिरोहले प्रविधिको दुरुपयोग गरेर व्यक्तिको फेसबुक ह्याक भएको बहाना बनाई त्यसको प्रमाणीकरणका लागि नग्न तस्वीर वा श्रव्यदृष्य माग गर्ने गरेको पाइएको ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।

    ‘उनीहरुले फोन गरेर तपाईँको एकाउन्टबाट नग्न, तस्वीर तथा भिडियो भाइरल भइरहेको र एक पटकका लागि हामीले त्यस्तो हुनबाट रोकेका छौँ, त्यसको प्रमाणीकरणका लागि नग्न फोटो वा भिडियो पठाउनुहोस् भनी पठाउन लगाउने र प्राप्त भएपछि नक्कली आइडी डिएक्टिभ गर्ने गरेको भन्ने सूचना एवं उजूरी प्राप्त भइरहेको छ’, ब्युरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ब्युरोले यस्ता अश्लील र झुक्यानमा पार्ने गतिविधिबाट सचेत हुन र आफ्नो व्यक्तिगत विवरण कसैलाई नदिन नागरिकलाई सूचित गरेको छ । यस्ता गतिविधि थाहा पाएमा प्रहरीको साइबर ब्युरो वा नजीकको प्रहरी कार्यालयमा सूचना दिन ब्युरोका सूचना अधिकारी नविन्द अर्यालले सबैमा अनुरोध गर्नुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.