चितवन । चितवन मोडेल अस्पतालका प्रबन्ध निर्देशक एवम् मदन भण्डारी फाउण्डेशन चितवनका बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदीले आफ्नो जन्मदिनमा आश्रितहरुलाई भोजन गराउनु भएको छ । चितवन मानव सेवा आश्रममा रहेका आश्रीतहरुलाई आज मंगलबार उहाँले भोजन गराउनु भएको हो ।
सो अवसरमा फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जन्मदिनको शुभकामना दिंदै फजुल खर्च गर्नुको सट्टा मानवीय कार्यमा सहयोग गर्नुभएकोमा सुवेदीको प्रशंसा गर्नुभयो । उहाँले आश्रमले सडकमा वेवारिसे अवस्थामा रहेका आमा बुबा तथा बालबालिकालाई आश्रय दिएर उदाहरणीय कार्य गरेको बताउनुभयो । सो अवसरमा भरतपुर महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले, निजी अस्पताल समन्वय समितिका केन्द्रीय उपाध्यक्ष नारायणसिंह कुँवर, सुवेदीकी धर्मपत्नी अयोध्या पाठक लगायतको उपस्थिति रहेको थियो ।
उक्त आश्रममा हाल ३८ जना आश्रितहरु रहेका छन् । हालसम्म १६४ जनालाई आश्रय दिईएको र ६५ जनालाई पुनस्र्थापना गरिएको आश्रमले जनाएको छ । तीन जना बालबालिकालाई एसओएसको जिम्मा लगाईएको सो अवसरमा जानकारी गराईयो ।