सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि


  •    न्युजभित्तो/९ कार्तिक २०७७, आईतवार २०:२० 
  • काठमाण्डौं । पछिल्लो २४ घण्टामा दुई हजार ८५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाह्र हजार ३११ नमूना परीक्षण गर्दा एक हजार ७८९ पुरुष र एक हजार ६७ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ९०६ पुरुष र ६२९ महिला गरी एक हजार ५३५ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ५८ हजार ८० पुगेको छ । प्रदेश नं १ मा ५३९, प्रदेश नं २ मा ५९, वाग्मतीमा एक हजार ८४९, गण्डकीमा १७८, लुम्बिनीमा १४६, कर्णालीमा नौ र सुदूपश्चिम प्रदेशमा ७६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    पैँतालीस हजार ५७२ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २७७ को सघन उपचार कक्ष र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बितेको २४ घण्टामा तीन हजार ३३६ कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या एक लाख ११ हजार ६७० पुगेको छ जुन कुल सङ्क्रमितको ७०।६ प्रतिशत हो ।

    झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी –बर्दघाट सुस्तापूर्व०, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा छैनन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८४७ पुगेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश
    • दयाशङ्कर पत्रकारिता सम्मान पत्रकारद्वय बस्नेत र बराललाई
    • दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
    • बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
    • गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.