सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार २२५ मा कोरोना सङ्क्रमण पुष्टि


  •    न्युजभित्तो/८ कार्तिक २०७७, शनिबार १९:५७ 
  • काठमाण्डौं । पछिल्लो २४ घण्टामा दुई हजार २२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तेह्र हजार ८४६ नमूना परीक्षण गर्दा एक हजार ४४६ पुरुष र ७७९ महिलामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ६८१ पुरुष र ४२९ महिला गरी एक हजार ११० सङ्क्रमित थपिएका छन् । प्रदेश नं १ मा २२२, प्रदेश नं २ मा ८४, वाग्मतीमा एक हजार २१७, गण्डकीमा १४५, लुम्बिनीमा ३७३, कर्णालीमा ४२ र सुदूरपश्चिममा १४२ नयाँ सङ्क्रमित फेला परेका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार २३३ पुगेको छ । सङ्क्रमितमध्ये ६८ प्रतिशत अर्थात् एक लाख पाँच हजार ७९० पुरुष र ३२ प्रतिशत अर्थात् ४९ हजार ४४३ महिला छन् ।

    पछिल्लो २४ घण्टामा दुई हजार ८४६ जना कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुनेको सङ्ख्या एक लाख आठ हजार ३३४ पुगेको छ जुन कुल सङ्क्रमितको ६९।८ प्रतिशत हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ हजार ५७ छ ।

    २० हजार सक्रिय काठमाडौँमा
    नेपालमा सबैभन्दा बढी सक्रिय सङ्क्रमित काठमाडौँमा छन् । काठमाडौँमा ५५ हजार ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ३४ हजार २६३ निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ७२२ छ ।

    यस्तै ललितपुरमा दुई हजार ५३३ र भक्तपुरमा एक हजार ४५४ सक्रिय सङ्क्रमित छन् । ललितपुरमा सात हजार ७६३ र भक्तपुरमा पाँच हजार १५० जनामा सङ्क्रमण पुष्टि भएको थियो । ललितपुरमा पाँच हजार १४९ र भक्तपुरमा तीन हजार ६४१ कोरोनामुक्त भएका छन् । काठमाडौँमा १९२, भक्तपुरमा ५५ र ललितपुरमा ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

    काठमाडौँमा १० हजार ५०१, ललितपुरमा दुई हजार ६६४ र भक्तपुरमा एक हजार ७१९ सङ्क्रमित होम आइसोलेशनमा छन् । झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । मुस्ताङमा भने सक्रिय सङ्क्रमित छैनन् ।

    सङ्क्रमितमध्ये ३०७ को सघन उपचार कक्ष र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । चौबीस घण्टामा कोरोनाबाट १३ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ८४२ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश
    • दयाशङ्कर पत्रकारिता सम्मान पत्रकारद्वय बस्नेत र बराललाई
    • दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
    • बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
    • गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.