३३ बर्षिया गर्भवती संक्रमित महिलाको भरतपुर अस्पतालमा मृत्यु
न्युजभित्तो/६ कार्तिक २०७७, बिहीबार ०८:४७
चितवन । भरतपुर अस्पतालमा उपचाररत तनहुँ शुक्लगण्डकी नगरपालिका घरभई हाल मकवानपुर हेटौडा ५ बस्ने ३३ बर्षिया गर्भवती महिलाको आज बिहीबार बिहान मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनी असोज ३० गते कोरोना संक्रमण सहित खोकी र स्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएकी थिईन । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड आइसियूमा भेन्टिलेटरको सहायतामा उपचार हुँदा हुँदै बिहान ६ः१५ बजेको समयमा मृत्यु भएको हो । उनको ३७ हप्ताको गर्भ रहेको अस्पताले जनाएको छ ।